कोरोना रोकथामका लागि सरकारले चालेका कदम सकारात्मक : मानव अधिकार आयोग



 

राष्ट्रिय मानवअधिकार आयोगले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले चालेका पछिल्ला कदमहरुलाई सकारात्मक रुपमा लिएको जनाएको छ । कोभिड– १९ संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी) का संयोजक समेत रहनुभएका उपप्रधानमन्त्री ईश्वर पोखरेलसँगको आजको भेटमा मानवअधिकार आयोगको प्रतिनिधिमण्डलले सरकारले चालेका कदमहरुलाई सकारात्मक रुपमा लिएको जानकारी दिएको हो । कोभिड–१९को प्रभावलाई रोकथाम तथा नियन्त्रण गर्न सबै क्षेत्रको महत्वपूर्ण जिम्मेवारी र प्रयासहरु रहेको जनाउँदै आयोगले सरकारी निर्णयलाई कार्यान्वयनमा पनि जोड दिएको छ ।

भेटमा आयोगका सदस्य लिली थापा र सहसचिव मुरारी पोखरेलले उपप्रधानमन्त्री पोखरेललाई १३ बुँदे ध्यानाकर्षण पत्र समेत बुझाउनुभएको थियो । ध्यानाकर्षण पत्र बुझ्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलले नागरिकको स्वास्थ्यका विषयमा सरकार सरकारले गम्भीरतापूर्वक काम गरिररहेको बताउनुभयो । ‘नागरिकको स्वास्थ्यका विषयमा हामी गम्भीर छौं, बढ्दो संक्रमणलाई नियन्त्रण तथा रोकथाम गर्न आवश्यक सम्पूर्ण कदम चाल्न सरकार तयार छ,’ उपप्रधानमन्त्री पोखरेलको भनाई थियो, ‘संक्रमित बढी भएको शहरमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । कोरोना रोकथामका लागि जनताको सकारात्मक सहयोगको जरुरत छ । स्थानीय सरकार पनि जिम्मेवार हुनुपर्छ ।’

उपप्रधानमन्त्री पोखरेलले आयोगले उठाएका अधिकांश विषय सीसीएमसीको सिफारिसमा बैशाख १३ को मन्त्रिपरिषद बैठकबाट निर्णय भएको जानकारी गराउनुभएको थियो । बाँकी विषयहरु सीसीएमसीको बैठकमा पेश गर्न र कार्यान्वयन गर्न उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री कार्यालयका सचिवलाई निर्देशन समेत दिनुभएको छ ।

मानवअधिकार आयोगका सहसचिव खरेलले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका सन्दर्भमा सीसीएमसीको सिफारिसमा मन्त्रिपरिषदले गरेको निर्णयहरु समय सापेक्षित र सकारात्मक रुपमा लिएको जानकारी दिनुभयो । मन्त्रिपरिषद्का निर्णयहरु कार्यान्वयन गरी जनताको जीवन बचाउन तिनै तहका सरकारले विशेष ध्यान दिनुपर्नेमा आयोगको ध्यानाकर्षण रहेको खरेलले बताउनुभयो ।

मानवअधिकार आयोगले सिमा क्षेत्रमा संचालनमा रहेका पहिलेका होल्डिङ सेन्टर, क्वारेन्टाइन तथा आइसोलेशन केन्द्रहरुलाई यथाशिघ्र व्यवस्थापन गरी संचालन गर्न, स्थानीय तहमा समेत क्वारेन्टाइन तथा आइसोलेशन केन्द्रहरु संचालन गर्न, कोभिड १९ को बिरामीको उपचारका लागि थप साधन, स्रोत र जनशक्तिको ब्यवस्था लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्वमन्त्री लीलाबल्लभको निर्णय बदर गर्न सर्वोच्चमा रिट

    कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने निर्णय बदर हुनुपर्ने माग

दुर्गा प्रसाईंलाई ५ दिन म्याद थप्न अदालतको अनुमति

    दुर्गा प्रसाईंलाई थप ५ दिन म्याद थप्न अदालतले अनुमति दिएको छ

रामेछापमा सुमो दुर्घटनामा वडाध्यक्ष सहित पाँच जनाको घटनास्थलमै मृत्यु

  रामेछापमा भएको सुमो दुर्घटनामा गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको मृत्यु भएको

यस्तो छ प्रधानमन्त्री ओलीको चीन भ्रमण तालिका

  प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण तालिका सार्वजनिक भएको छ । चिनियाँ