काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा



हाम्रो इकोनोमि

 

आज विहानबाट सुरु भएको निषेधाज्ञापछि अत्यावश्यक कामबाहेकका सबैलाई घरमै बस्न भनिएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको अनुगमन गर्नेछन् । मन्त्रिपरिषदको बैशाख १३ गते बसेको बैठकले १५ दिनका लागि उपत्यकामा निषेधाज्ञा लागू गर्ने निर्णय गरेको थियो ।

स्वास्थ्यकर्मी, स्वास्थ्य सामाग्री बोकेका सवारी, बैंक तथा वित्तीय संस्थाका सवारी तथा कर्मचारी, पत्रकार, खाद्य सामाग्री बोकेका सवारी, खाद्य पसलहरु दूध, पानीका सवारीहरु निर्वाध चल्न पाउनेछन् । तर उनीहरुले पनि स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेको भने हुनुपर्नेछ ।

आज विहानैदेखि निषेधाज्ञाको पूर्ण पालना गराउन प्रहरी चेकिङ बाक्लो बनाइएको छ । काठमाडौं भित्रिने नाकाहरुमा विहानैदेखि कडाई सुरु गरिएको छ । बुधबार एकदिन मात्र नेपालमा ४ हजार ७ सय भन्दा बढी नयाँ संक्रमित थपिएका छन् । तीमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकाकै हुन् । नेपालमा सक्रिय संक्रमित पनि ३० हजार नाघेको छ ।

फेरि निषेधाज्ञा हुने भएपछि मंगलबार र बुधबार लाखौंको संख्याका मानिसहरुले काठमाडौं छाडेर थातथलो फर्किएका थिए । जसका कारण हिजो दिनभर काठमाडौंबाट बाहिरिने नाकाहरुमा लामो जाम देखिएको थियो ।

कोरोनाको पहिलो लहर सुरु भएसँगै सरकारले २०७६ चैत ११ देखि देशव्यापी लकडाउन लागू गरेको थियो । झण्डै चार महिना पूर्ण लकडाउन गरिँदा देशको अर्थतन्त्रमै नकारात्मक असर परेको थियो । यसपल्ट भने आवश्यकता हेरेर स्थानीय प्रशासनले नै लकडाउन वा निषेधाज्ञाको निर्णय गर्न सकिने व्यवस्था गरिएको छ ।

पोखरामा बुधबारदेखि नै निषेधाज्ञा सुरु गरिएको थियो भने चितवनमा भोलिदेखि एक साताका लागि निषेधाज्ञा घोषणा गरिएको छ । नेपालगन्ज, धनगढी, विराटनगर लगायतका शहरमा पनि निषेधाज्ञा जारी छ ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...