भारतमा एक सातामै २५ लाख संक्रमित, १७ हजारको मृत्यु



हाम्रो इकोनोमि

 

 

भारतमा कोरोनाको महामारी दिनदिनै भयावह बन्दै गएको छ । प्रत्येक दिन विश्वमै सबैभन्दा बढी संक्रमित थपिरहेका छन् भने मृत्युदर पनि बढिरहेको छ । भारतीय मिडियाका अनुसार पछिल्लो २४ घन्टाभित्र त्यहाँ ३ लाख २० हजार मानिसहरु संक्रमित भने २ हजार ७ सय ६६ जनाको मृत्यु भयो । तीन लाखभन्दा बढी संक्रमित थपिएको यो लगातार छैठौं दिन हो । यसै गरी २ हजारभन्दा बढी मरेको लगातार सातौं दिन हो ।

कोरोनाको महामारी सुरु भएयताकै सबैभन्दा डरलाग्दो आँकडा अप्रिलमा देखिएको छ । त्यसमा पनि पछिल्लो सात दिनको आँकडाले झन् अत्याउँछ । अप्रिल महिनामा अहिलेसम्म ३४ हजार ५ सय ९५ जनाले ज्यान गुमाएकोमा तीमध्ये १७ हजार ३ सय ३३ जनाको मृत्यु पछिल्लो सात दिनमा भएको हो ।

महामारी सुरुभए यता सबैभन्दा बढी मृत्युको रेकर्ड गत वर्षको सेप्टेम्बरमा कायम भएको थियो । तर, त्यसलाई अप्रिलका एक साता बाँकी रहँदै त्यो रेकर्ड तोडिएको छ । यसैगरि, गत मार्च महिनाभन्दा अप्रिलमा ६ गुणा बढीले ज्यान गुमाएका छन् ।संक्रमितको संख्या पनि अप्रिलमा उच्च दरले बढेको छ । अप्रिलमा हालसमम ५० लाखभन्दा बढी संक्रमित भइसकेका छन् ।

 

आँकडा लुकाएको आरोप

कोरोना महामारीले विष्फोटक रुप लिएका शीर्ष तीन देशमा भारत पर्छ । मृत्यु हुनेको संख्याका आधारमा हेर्दा अप्रिलमा ब्राजिलपछि भारत दोस्रो र अमेरिका तेस्रो स्थानमा छन् । सरकारी आँकडा अनुसार ब्राजिलमा अप्रिल महिनामै ७५ हजारले ज्यान गुमाएका छन् ।

तर, भारतले सरकारले सार्वजनिक गर्ने आँकडामा भने प्रश्न उठ्दै आएको छ । सरकारले संक्रियत र मृतकको संख्या वास्तविकभन्दा थोरै देखाइरहेको त्यहाँकै सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । विभिन्न शहरमा पत्रकारहरुले स्थानीय सरकारले सार्वजनिक गरेको संख्या भन्दा १० गुणा बढीको मृत्यु भएको रिपोर्टिङ गरेका छन् ।

उदाहरणका लागि गत विहीबार कानपुरमा ३२ जनाको मृत्यु भएको आँकडा सरकारले दियो । तर, एक स्थानीय अखबारले शहरका विभिन्न मसानघाटनमा ४ सय ७६ वटा शव जलेको रिपोर्टिङ गरेको थियो, जसमध्ये धेरैजसो कोरोनाबाटै मरेका थिए ।

अहिल भारतका अस्पतालहरु कोरोनाका बिरामीले भरिभराउ छन् । ती अस्पतालमा बेड र अक्सिजनको हाहाकार उत्पन्न भएको छ । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...