उपत्यकाका ३ जिल्लामा निषेधाज्ञाको तयारी



हाम्रो इकोनोमि

 

उपत्यकामा कोरोनाभाइरस संक्रमण जटिलतातर्फ उन्मुख भएपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरु छलफलमा जुटेका छन् । भाइरस रोकथामका लागि निषेधाज्ञा वा जनस्वास्थ्यका मापदण्डमा कडाइ गर्नेबारे बैठकमा छलफल हुने काठमाडौंका सीडीओ कालिप्रसाद पराजुलीले जानकारी दिए । उनका अनुसार निषेधाज्ञा (लकडाउन)बारे पनि छलफल हुनेछ ।

गृहसचिवसँग समन्वय गरेर आज बेलुकासम्म एउटा टुंगोमा पुग्ने जानकारी दिँदै काठमाडौं प्रजिअ पराजुलीले उपत्यकामा भाइरस संक्रमण ब्यापक बढेको निष्कर्षमा आफूहरु पुगेको जानकारी दिए । ‘आज नै गृहसचिवसँग छलफल गरेर बेलुकासम्म केही निर्णय हुन्छ’ पराजुलीले नेपालप्रेससँग भने ।

सार्वजनिक यातायात बन्द गर्ने, सपिङ मल, रेष्टुरेन्ट समेत बन्द गर्ने बारेमा समेत छलफल हुने उनले जानकारी दिए । सरकारले यसअघि नै ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा लकडाउन गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारसम्म उपत्यकाका तीन जिल्लासहित मुलुकका ९ सहरमा सक्रिय संक्रमित संख्या ५०० भन्दा माथि छ । आजै ५ बजे मन्त्रिपरिषद् बैठक समेत बस्दैछ । मन्त्रिपरिषद् बैठकले भाइरस रोकथामका लागि नयाँ प्रतिबन्धहरु घोषणा गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...