काठमाडौंमा लकडाउन गर्ने सरकारको तयारी



हाम्रो इकोनोमि

 

भारतमा कोरोनाले भयावह स्थिति निम्तिएसँगैै काठमाडौं उपत्यकामा पनि संक्रमितको संख्या ह्वात्तै बढेको छ । यो अवस्थालाई ध्यानमा राखी काठमाडौंमा लकडाउन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारलाई सुझाव दिएको छ ।

स्वास्थ्य मन्त्रालयको सुझावकै आधारमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोनाको अवस्था र नियन्त्रणका लागि गरिएका प्रयास बारे जानकारी गराएको छ ।सीसीएमसीका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरुले प्रधानमन्त्रीलाई पछिल्लो अवस्थाबारे जानकारी गराएको स्वास्थ्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

काठमाडौंका बासिन्दाको लापरबाही रोक्न उपत्यकामा लकडाउन गर्न उपयुक्त हुने सुझाव सीसीएमसीमा दिइएको मन्त्रालय स्रोतको दाबी छ । यसबारेमा प्रधानमन्त्रीलाई विस्तृत जानकारी गराइसकिएकाले सरकारले तत्कालै आवश्यक निर्णय लिने स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...