भारतमा अक्सिजन नपाएर कोरोनाको विरामी मर्दै



 

भारतका अस्पतालहरुले अक्सिजनको अभावकै कारण आफ्ना विमारीहरु मरिरहेको बताएका छन् । किनभने कोरोना संक्रमित र मृतकको आँकडाले दिनदिनै नयाँ कीर्तिमान बनाइरहेका छन् ।

भारतमा पछिल्लो तीन दिनको बीचमा करिव १० लाख मानिस संक्रमित भएका छन् । शनिबार २४ घण्टाको अवधिमा ३ लाख ३६ हजार ७८६ नयाँ संक्रमित फेला परेका छन् ।

दिल्लीको जयपुर गोल्डेन अस्पतालमा शनिबार राती अक्सिजन नपाएर २० जना संक्रमितको निधन भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । भारत सरकारले भने रेल सेवा र भारतीय वायु सेनालाई आवश्यक उपकरण आपूर्तिका लागि तैनाथ राखिएको बताएको छ ।

शनिबार २४ घण्टाको अवधिमा भारतभर २६ सय २४ जनाको मृत्यु भएको छ । शुक्रबार यो संख्या २२ सय ६३ थियो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले भारतको अहिलेको स्थितिलाई ‘महाविनाशकारी अवस्था’को रुपमा चित्रण गरी कोरोनाले कतिसम्म क्षति गर्छ भन्ने उदाहरण बनेको बताएको छ ।

सन् २०२१ को सुरुआतमा भारतले कोरोनालाई परास्त गरेको ठानेको थियो । फेब्रुअरीको मध्यतिर सवा अर्ब जनसंख्या रहेको भारतमा ११ हजार नयाँ संक्रमित देखिएका थिए । भारतले खोप उत्पादन गरी निर्यातसमेत गर्न थालेको थियो । मार्चमा त्यहाँका स्वास्थ्यमन्त्रीले कोरोनाबिरुद्धको लडाईं अन्त्यतिर पुगेको बताएका थिए ।

तर त्यतिबेलै देखि नयाँ कोरोना संक्रमित फेला पर्न थालेका थिए । नयाँ भेरिएन्टको प्रवेश भइसकेपछि पनि त्यहाँ सार्वजनिक समारोह, कुम्भमेला लगायतका गतिविधि रोकिएन । यही महिनाको सुरुआतमा हरिद्वारमा आयोजित कुम्भमेलामा लाखौं तीर्थयात्री सहभागी थिए ।

राजधानी दिल्लीका अस्पतालहरुले आफ्नो सामर्थ्यको अन्तिम अवस्थामा रहेको चेतावनी दिएका छन् । होली फ्यामिली अस्पतालले आईसीयूसहित आफ्ना सबै बेडहरु भरिभराउ रहेको जनाएको छ ।

‘लगभग सबै अस्पताल अन्तिम स्थितिमा छन् । अक्सिजन पाइएन भने हामीले कुनै पनि रोगका विरामीको उपचार गर्नै सक्दैनौं,’ दिल्लीका एक चिकित्सकले बीबीसीसँग भने, ‘अक्सिजन नपाएको अवस्थामा १ मिनेटभित्र ती बिरामीको मृत्यु हुन्छ । भेन्टिलेटरमा रहेका बिरामीलाई उच्च प्रवाहको अक्सिजन जरुरी हुन्छ । उनीहरुले त्यो सुविधा पाएनन् भने अधिकांशले मृत्युवरण गर्न बाध्य हुनेछन् ।’

प्रतिक्रिया दिनुहोस
महानगरले हुलाकबाट पठायो ज्ञानेन्द्रलाई जरिवाना पत्र

    पूर्वराजा ज्ञानेन्द्र शाहले जरिवानाको पत्र बुझ्न नमानेपछि नगर प्रहरी बलले हुलाकमार्फत

हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा

    नेपाल विद्युत प्राधिकरणका बर्खास्तीमा परेका कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक

ज्ञानेन्द्रको सुरक्षामा खटिएको सशस्त्रको सेट परिवर्तन

     पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बलको सेट परिवर्तन गरिएको

दुर्गाका रोयल टास्कफोर्स कमान्डर पक्राउ, प्रसाईं अझै फरार

    शुक्रबारको राजावादी आन्दोलनलाई हिंसात्मक बनाउने दुर्गा प्रसाईंका सहयोगी तथा उनको अभियानका