भारतमा अक्सिजन नपाएर कोरोनाको विरामी मर्दै



हाम्रो इकोनोमि

 

भारतका अस्पतालहरुले अक्सिजनको अभावकै कारण आफ्ना विमारीहरु मरिरहेको बताएका छन् । किनभने कोरोना संक्रमित र मृतकको आँकडाले दिनदिनै नयाँ कीर्तिमान बनाइरहेका छन् ।

भारतमा पछिल्लो तीन दिनको बीचमा करिव १० लाख मानिस संक्रमित भएका छन् । शनिबार २४ घण्टाको अवधिमा ३ लाख ३६ हजार ७८६ नयाँ संक्रमित फेला परेका छन् ।

दिल्लीको जयपुर गोल्डेन अस्पतालमा शनिबार राती अक्सिजन नपाएर २० जना संक्रमितको निधन भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । भारत सरकारले भने रेल सेवा र भारतीय वायु सेनालाई आवश्यक उपकरण आपूर्तिका लागि तैनाथ राखिएको बताएको छ ।

शनिबार २४ घण्टाको अवधिमा भारतभर २६ सय २४ जनाको मृत्यु भएको छ । शुक्रबार यो संख्या २२ सय ६३ थियो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले भारतको अहिलेको स्थितिलाई ‘महाविनाशकारी अवस्था’को रुपमा चित्रण गरी कोरोनाले कतिसम्म क्षति गर्छ भन्ने उदाहरण बनेको बताएको छ ।

सन् २०२१ को सुरुआतमा भारतले कोरोनालाई परास्त गरेको ठानेको थियो । फेब्रुअरीको मध्यतिर सवा अर्ब जनसंख्या रहेको भारतमा ११ हजार नयाँ संक्रमित देखिएका थिए । भारतले खोप उत्पादन गरी निर्यातसमेत गर्न थालेको थियो । मार्चमा त्यहाँका स्वास्थ्यमन्त्रीले कोरोनाबिरुद्धको लडाईं अन्त्यतिर पुगेको बताएका थिए ।

तर त्यतिबेलै देखि नयाँ कोरोना संक्रमित फेला पर्न थालेका थिए । नयाँ भेरिएन्टको प्रवेश भइसकेपछि पनि त्यहाँ सार्वजनिक समारोह, कुम्भमेला लगायतका गतिविधि रोकिएन । यही महिनाको सुरुआतमा हरिद्वारमा आयोजित कुम्भमेलामा लाखौं तीर्थयात्री सहभागी थिए ।

राजधानी दिल्लीका अस्पतालहरुले आफ्नो सामर्थ्यको अन्तिम अवस्थामा रहेको चेतावनी दिएका छन् । होली फ्यामिली अस्पतालले आईसीयूसहित आफ्ना सबै बेडहरु भरिभराउ रहेको जनाएको छ ।

‘लगभग सबै अस्पताल अन्तिम स्थितिमा छन् । अक्सिजन पाइएन भने हामीले कुनै पनि रोगका विरामीको उपचार गर्नै सक्दैनौं,’ दिल्लीका एक चिकित्सकले बीबीसीसँग भने, ‘अक्सिजन नपाएको अवस्थामा १ मिनेटभित्र ती बिरामीको मृत्यु हुन्छ । भेन्टिलेटरमा रहेका बिरामीलाई उच्च प्रवाहको अक्सिजन जरुरी हुन्छ । उनीहरुले त्यो सुविधा पाएनन् भने अधिकांशले मृत्युवरण गर्न बाध्य हुनेछन् ।’

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...