यतीको नयाँ बर्ष अफर : प्रोमो कोर्डमार्फत सस्तो मूल्यमा हवाई टिकट



हाम्रो इकोनोमि

 

निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एअरलाइन्सले नयाँ वर्षमा विशेष अफर सार्वजनिक गरेको छ । नेपाली आकाशमा २३ वर्षदेखि निरन्तर सेवा प्रदान गर्दै आएको यती एअरलाइन्सले आफ्नो एरअलाइन्सको मोबाइल एप्सबाट टिकट खरीद गर्दा प्रोमो कोर्डको प्रयोगमार्फत सस्तो मूल्यमा हवाई टिकटको व्यवस्था मिलाएको छ । एअरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले नयाँ वर्षको शुभकामना सहित यात्रुहरुका लागि यो सुविधा सहितको अफर सार्वजनिक गरेको जानकारी दिनुभयो । उक्त अफर तीन दिनका लागि खुला गरिएको प्रवक्ता बर्तौलाको भनाई छ । कहाँ जान कति भाडा ? नयाँ अफरसँगै यात्रुले एकतर्फी रुपमा काठमाडौँ–पोखरा रु एक हजार ५७८, काठमाडौँ–भैरहवा रु एक हजार ६७८, काठमाडौँ–विराटनगर रु दुई हजार ७८, काठमाडौँ–भद्रपुर रु दुई हजार ३७८ र काठमाडौँ–नेपालगञ्ज दुई हजार ९७८ हवाई भाडा तिरे पुग्छ ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...