यतीको नयाँ बर्ष अफर : प्रोमो कोर्डमार्फत सस्तो मूल्यमा हवाई टिकट
निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एअरलाइन्सले नयाँ वर्षमा विशेष अफर सार्वजनिक गरेको छ । नेपाली आकाशमा २३ वर्षदेखि निरन्तर सेवा प्रदान गर्दै आएको यती एअरलाइन्सले आफ्नो एरअलाइन्सको मोबाइल एप्सबाट टिकट खरीद गर्दा प्रोमो कोर्डको प्रयोगमार्फत सस्तो मूल्यमा हवाई टिकटको व्यवस्था मिलाएको छ । एअरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले नयाँ वर्षको शुभकामना सहित यात्रुहरुका लागि यो सुविधा सहितको अफर सार्वजनिक गरेको जानकारी दिनुभयो । उक्त अफर तीन दिनका लागि खुला गरिएको प्रवक्ता बर्तौलाको भनाई छ । कहाँ जान कति भाडा ? नयाँ अफरसँगै यात्रुले एकतर्फी रुपमा काठमाडौँ–पोखरा रु एक हजार ५७८, काठमाडौँ–भैरहवा रु एक हजार ६७८, काठमाडौँ–विराटनगर रु दुई हजार ७८, काठमाडौँ–भद्रपुर रु दुई हजार ३७८ र काठमाडौँ–नेपालगञ्ज दुई हजार ९७८ हवाई भाडा तिरे पुग्छ ।


