गोली हानेर सुनचाँदी व्यवसायीको हत्या गर्ने दुई जना पक्राउ



हाम्रो इकोनोमि

 

गए राति १२ बजे सिरहाको लहानमा सुनचाँदी व्यवसायीको हत्या गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । लहान नगरपालिका–७ का रामकृष्ण चौधरी भाग्दै गरेकै अवस्थामा पक्राउ परेका हुन् । शंकाकै आधारमा अर्का एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाले उनको पहिचान गोप्य राखेको छ ।

लहान नगरपालिका–२३ स्थित कोठा भाडामा लिएर सुनचाँदी पसल गरेका ४० वर्षीय प्रदीप विश्वकर्मालाई गोली हानी हत्या गरिएको छ । उनका श्रीमती ३७ वर्षीया अमिता विश्वकर्मामाथि लुटेरा समूहले खुकुरी प्रहार गरेका छन् । अमिताको उपचार लहानस्थित सप्तऋषि अस्पतालमा भइरहेको छ ।

विश्वकर्मा दम्पतीले लहान–२३ का वडाध्यक्ष कन्हैया गुप्ताको घरमा अमित ज्वेलर्स नामको सुनचाँदी पसल सञ्चालन गरिरहेका थिए । सुनचाँदी लुट्न गएकाहरूले प्रदीपको टाउकोमा खुकुरी प्रहार गरेको र छातीमा दुई गोली हानेर हत्या गरेको प्रहरीको भनाइ छ । श्रीमान्लाई बचाउन खोज्दा अमिताको हातमा लुटेरा समूहले खुकुरी प्रहार गरको बताइएको छ ।

अहिले घटनास्थलमा प्रहरीले कसैलाई जान दिएको छैन । तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान गर्ने लहान प्रहरीले जनाएको छ । घटनापछि स्थानीय शोकमा डुबेका छन् । अहिले घटनास्थलमा सर्वसधारणको भीड लागेको छ ।

‘सबै समान दिन्छु नमार्नुस् भन्दा पनि हत्या गरे’

अस्पतालमा उपचाररत मृतककी श्रीमती अमिताले भनिन्, ‘राति करिब १२ बज्दै थियो । ड्याङडुङ गर्दै आएका हतियारधारीहरूले ढोका फोडे । मेरो श्रीमान् रोक्न खोज्दा टाउँकोमा खुकुरी हान्यो । अनि छातीमा दुई गोली मारेपछि मेरो श्रीमान् ढले । म बचाउन जाँदा उनीहरूले हातमा खुकुरी प्रहार गरेर घाइते बनाए ।’

‘कोहीले गोली हान्थ्यो, कोहीले खुकुरी । म त उनीहरूलाई देखेरै बेहोस् भएँ’, अमिताले सुनाइन्, ‘हजुर, सबै समान दिइहाल्छु मलाई नमार्नुस् भन्दा पनि उनीहरूले खुकुरी हान्यो । लुटेराहरू भागेपछि म बाहिर निस्केर छिमेकीहरुलाई उठाएँ, त्यतिबेलासम्म मेरो श्रीमान्‌को प्राण गइसकेको थियो,’ उनले भक्कानिँदै भनिन् ।

सुनचाँदी व्यवसायी संघका अध्यक्ष विकाश सारडाले यस घटनाप्रति दुःख व्यक्त गर्दै सबै अपराधीलाई चाँडो पक्राउ गरी कारबाहीका लागि माग गरेका छन् । उनले सिराहाका व्यवसायी असुरक्षित बनेको भन्दै शान्ति सुरक्षाको माग समेत गरे ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...