कर्मचारीको उपचारका लागि मन्त्री आले द्धारा एक लाख सहयोग



हाम्रो इकोनोमि

 

वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले गैडा गणनाका क्रममा यहि चैत २० गते शुक्रबार धु्रबे नामक जङ्गली हात्तीले लखेटेपछि हात्तीबाट खसेर गम्भीर घाइते भएका राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी ३५ वर्षीय विनोद श्रेष्ठको उपचारका लागि आफ्नो व्यक्तिगत तर्फबाट रु एक लाख उपचार खर्च प्रदान गर्नु भएको छ । हात्तीको आक्रमणबाट घाइते श्रेष्ठको उपचार भइरहेको काठमाडौँको ह्याम्स अस्पतालमा पुग्नु भइ मन्त्री आलेले उक्त रकम प्रदान गर्नु भएको उहाँका निजी सचिब रबिन ज्ञालनले जानकारी दिनुभयो । मन्त्री आलेले श्रेठको उपचारमा कुनैकमि हुँन नदिने बचन समेत दिनु भएको छ ।

हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका कर्मचारी श्रेष्ठको सम्पूर्ण उपचार खर्च मन्त्रालयले व्यहोर्ने समेत मन्त्री आलेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गैडा गणनामा हात्तीको आक्रमणबाट श्रेष्ठ जी घाइते हुनु भएको छ, मैलेपनि उपचारका लागि एक लाख सहयोग गरेको छु, उहाँको उपचारको सम्पूर्ण खर्च मन्त्रालयले व्यहोर्ने छ ।” घाइतेलाई उपचारका लागि मन्त्रीले आफ्नो व्यक्तिगत तर्फबाट रु एक लाख दिनुका साथै सम्पूर्ण उपचार खर्च मन्त्रालयले व्यहोर्ने बताउनु भएपछि श्रेष्ठका परिवारहरु मन्त्री आले प्रति निकै खुसी भएका छन् । यसैगरी मन्त्रीसँग वन्यजन्तु तथा राष्ट्रिय निकुञ्जका महा निर्देशक डा दीपक खराल, राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिब शरद अधिकारी लगायतको टोलीपनि घाइते श्रेष्ठ भेट्न अस्पताल पुगेको थियो ।

गैडा गणनाकै क्रममा यहि चैत २० गते शुक्रबार नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको मध्यबिन्दु नगरपालिका–२ नजिकै चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर क्षेत्रमा खटिएको टोलीलाई जङ्गली हात्तीले लखेटेपछि हात्तीबाट खसेर पाँच जना घाइते भएका थिए । ध्रुबे हात्तीले लखेटेर घाइते हुनेमा राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी ३५ वर्षीय विनोद श्रेष्ठ, माहुते सर्लाही जिल्ला हरिपुर नगरपालिका–७ का ४२ वर्षीय दीपेन्द्र चौधरी र रौतहट चन्दनपुर नगरपालिका–७ का ५१ वर्षीय प्रेमलाल कहार चौधरी छन् । घाइतेमध्ये राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी श्रेष्ठको अवस्था गम्भीर रहेको र उहाँको काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको छ भने अन्यको चितवनमै उपचार भइरहेको बताइएको छ ।

विमल विष्ट

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...