सातजना किशोरी एकैपटक बेपत्ता



हाम्रो इकोनोमि

 

महोत्तरीमा सातजना किशोरी एकै पटक बेपत्ता भएका छन् । मंगलबार दिउँसो घाँस काट्न गएका सातजना सम्पर्कविहीन भएका हुन् । भंगहा–८ स्थित धरमपुरमा घाँस काट्न गएका सातजना परिवारजनसँग सम्पर्कविहीन भएको महोत्तरीका प्रहरी उपरीक्षक दिवेश आचार्यले जानकारी दिए ।

उनका अनुसार सम्पर्कविहीन भएका सबैजना दलित परिवारका हुन्। सम्पर्कविहीन हुनेहरुमा स्थानीय १२ वर्षीय सीमा पासवान, १२ वर्षीय रञ्जन पासवान, १३ वर्षीय ज्योती पासवान, १३ वर्षीय रीया पासवान, ११ वर्षीय अर्चना पासवान, १७ वर्षीय नगीना पासवान र २० वर्षीय अस्मिता पासवान रहेका छन् । सम्पर्कविहीन भएकाहरुको खोजी कार्य तीब्र बनाइएको छ । प्रहरीले आसपासको स्थानीयलाई खोजीकार्यमा सहयोग गर्न आग्रहसमेत गरेका छन् । , उनीहरु सबै घर नजिकैको चौरमा दिउँसो घाँस काट्न गएको र साँझसम्म घर नफर्किंदा खोजबिन शुरू गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...