लौकहीबाट लागुऔषध सहित एक जना पक्राउ



हाम्रो इकोनोमि

 

सुनसरीको कोशी गाउँपालिका लौकही एरियाबाट सशस्त्र प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल लौकही बिओपिका प्रहरी निरीक्षक अरुण पाण्डेको नेतृत्वमा खटिएको गस्ती टोलीले इनरुवा नगरपालिका ९ बस्ने बर्ष ३२ का अमित मेहतालाई लागु औषध सहित पक्राउ गरिएको हो ।

शनिवार दिउसो अनुमानित २ बजेको समयमा बिओपि लौकहीबाट खटिएको टोलिले निज मेहताले चलाउदे गरेको को. ८ प ७६४२ नम्बरको स्कुटर चेकजाँच गर्दा प्रतिबन्धित लागुऔषध स्पस्मो क्याम्सुल १८ पता, डाईलक्स डिसि २० बोतल,नाइट्रौजन ट्याबलेट १० पता १५० क्याप्सुल सहित नियन्त्रणमा लिएको जनाएको छ ।

चिनी भित्र राखि लागुऔषध ल्याइ रहेको अवस्थामा पक्राउ गरिएको मेहतालाई लागुऔषध सहित ईलाका प्रहरी कार्यालय लौकहीको जिम्मा लगाइएको छ । जनप्रतिनिधि,नागरिक समाज, सञ्चारकर्मी, बुद्धिजिविहरुको रहोवरमा लागुऔषध सहित मेहतालाई इलाका प्रहरी कार्यालय लौकहीमा सशस्त्र प्रहरीका निरीक्षक पाण्डेले बुझाएको छन् ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...