भोलिदेखि तुवाँलो हट्दै जाने मौसमविद्को भनाई



हाम्रो इकोनोमि

 

 

काठमाण्डौसहित देशका विभिन्न ठाउँमा लागेको तुवाँलो भोलिदेखि कम हुँदै जाने मौसमविद्ले बताएका छन् । भोलिदेखि हावाको गति बढ्ने भएकाले तुवाँलो क्रमशः हट्दै जाने मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो । तुवाँलो हट्न कि पानी पर्नुपर्ने कि तीव्र गतिमा हावा चल्नुपर्ने हुन्छ । भोलि हल्का पानी पर्ने सम्भावनासँगै हावाको गति पनि बढ्न सक्ने भएकाले यही हावाले तुवाँलो हट्दै जाने मौसमविद् अर्यालले बताउनुभयो । केही दिनदेखि वायुमण्डलमा देखिएको धुलो र धुवाँका साथै चार दिनदेखि नेपाल तथा भारतका केही ठाउँमा लागेको डढेलोको धुवाँले प्रदूषण बढेको छ ।

विशेषगरी प्रदेश- २, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशमा वायु प्रदूषण देखिएको छ । आज काठमाण्डौ, भक्तपुर र ललितपुरसँगै हेटौँडा, सौराहा, पोखरालगायतका क्षेत्रमा प्रदूषण धेरै छ । प्रदूषणका कारण विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, दम खोकी जस्ता श्वासप्रश्वास सम्बन्धी  बिरामी र मुटुका रोगीहरु बढी प्रभावित हुने भएकाले विशेष सावधानी अपनाउन विज्ञहरुले आग्रह गरेका छन् ।

हवाई उडान प्रभावित  

वातावरण प्रदूषणले हवाई उडान समेत प्रभावित भएको छ । अस्तिदेखि बढेको प्रदूषणले आन्तरिक तथा बाह्य हवाई उडान तथा अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । प्रदूषण तथा काठमाण्डौसहित देशका धेरैजसो ठाउँमा लागेको तुवाँलोले आन्तरिक उडान बढी प्रभावित भएको हाे ।

गएको तीन दिनदेखि केही आन्तरिक उडानहरु रोकिएका छन् भने अन्तर्राष्ट्रिय उडान पनि समय तालिका अनुसार हुन सकेको छैन । आजका लागि ९७ वटा आन्तरिक हवाई उडान रहेकोमा अहिलेसम्म एउटा पनि हुन सकेको छैन ।

हिजो एक सय ९ वटा उडान रहेकोमा ४२ वटा रद्द भएको थियो । त्यस्तै, अस्ति एक सय १४ वटामा ५७ वटा रद्द भएको थियो । अन्तर्राष्ट्रिय उडान भने रद्ध नभए पनि समय तालिका अनुसार हुन नसकेको विमानस्थलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...