मेलम्चीको पानी आजदेखि राजधानीवासीको घर-घरमा



हाम्रो इकोनोमि

 

दुई दशकभन्दा लामो समयको प्रतीक्षापछि आजदेखि मेलम्चीको पानी राजधानी काठमाडौं उपत्यकावासीको घर–घरमा वितरण सुरु गरिँदैछ । मेलम्ची आयोजनाका अनुसार पहिलो दिन परीक्षणका रुपमा ४ करोड लिटर पानी वितरण हुनेछ । तत्कालका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)कै वितरण प्रणालीमार्फत सबै धारामा पानी पु¥याउन लागिएको आयोजनाले जानकारी दिएको छ ।

मेलम्ची आयोजनाको पूर्ण क्षमता १७ करोड लिटर हो । पूर्ण क्षमतामा पानी वितरण गर्न करिव २० दिन लाग्नेछ । सुरुमा पुरानो वितरण प्रणालीमाफर्त पानी दिइए पनि उपत्यकामा रहेका सबै रिजर्भ ट्यांकीहरुको परीक्षण सम्पन्न भएपछि नयाँ प्रणालीबाटै वितरण हुनेछ । आयोजनाले उपत्यकाका सबै धारामा दैनिक पानी पुर्‍याउने गरी तयारी गरिरहेको बताएको छ ।

आर्थिक वर्ष २०५५/५६ देखि मेलम्ची परियोजना सुरु भएको हो । त्यसयता विभिन्न आरोह अवरोह पार गरेको मेलम्ची आयोजना २०७७ मा मात्र पूरा हुने चरणमा पुगेको छ । मेलम्चीको पानी २६ किलोमिटर सुरुङमार्ग हुँदै अघिल्लो महिना सुन्दरीजल झारिएको थियो ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...