मेलम्चीको पानी उपत्यकावासीको घर–घरमा



हाम्रो इकोनोमि

 

 आगामी आइतबार (चैत १५ गते) देखि बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको पानी काठमाडौं उपत्यकावासीको घर–घरमा पुग्ने भएको छ । बिहीबार ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)मा आयोजित पशुजन्य उत्पादनहरुमा आत्मनिर्भरता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ गतेदेखि उपभोक्ताको धारामा मेलम्चीको पानी पठाउन लागिएको जानकारी दिएका हुन् ।

२२ वर्षपछि गत फागुन २२ गते मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलमा झारिएको थियो । प्रधानमन्त्री केपी ओलीले सुन्दरीजल पुगेर फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेपछि मेलम्चीको पानी सुन्दरीजलमा खसेको थियो ।त्यसअघि फागुन १० गते २६ किलोमिटर लामो मेलम्चीको सुरुङमा पानी खसाइएको थियो । १३ दिनपछि पानी सुन्दरीजलमा खसालिएको पानी आगामी आइतबारदेखि उपभोक्ताको धारमा पठाउन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...