मेलम्चीको पानी उपत्यकावासीको घर–घरमा



हाम्रो इकोनोमि

 

 आगामी आइतबार (चैत १५ गते) देखि बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको पानी काठमाडौं उपत्यकावासीको घर–घरमा पुग्ने भएको छ । बिहीबार ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)मा आयोजित पशुजन्य उत्पादनहरुमा आत्मनिर्भरता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ गतेदेखि उपभोक्ताको धारामा मेलम्चीको पानी पठाउन लागिएको जानकारी दिएका हुन् ।

२२ वर्षपछि गत फागुन २२ गते मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलमा झारिएको थियो । प्रधानमन्त्री केपी ओलीले सुन्दरीजल पुगेर फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेपछि मेलम्चीको पानी सुन्दरीजलमा खसेको थियो ।त्यसअघि फागुन १० गते २६ किलोमिटर लामो मेलम्चीको सुरुङमा पानी खसाइएको थियो । १३ दिनपछि पानी सुन्दरीजलमा खसालिएको पानी आगामी आइतबारदेखि उपभोक्ताको धारमा पठाउन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...