धादिङमा महिलालाई जिउँदै पुरेर भागेका डाेजर चालक पक्राउ



हाम्रो इकोनोमि

 

धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा डोजरको ठक्करबाट घाइते भएकी एक महिलालाई जिउँदै पुर्ने चालकलाई पक्राउ गरी सार्वजनिक गरिएको छ ।

सडक निर्माणका क्रममा डोजरको ठक्करपछि घाइते भएकी स्थानीय ४५ वर्षीया सरस्वती कुमाललाई जिउँदै पुर्ने चालक भीमबहादुर बुढाथोकीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरी शुक्रवार सार्वजनिक गरेको हो । सीआईबीका अनुसार चालक बुढाथोकीलाई कञ्चनपुरबाट पक्राउ गरिएको हो ।

धादिङको त्रिपुरासुन्दरी–१ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका क्रममा डाेजर (एक्स्काभेटर) ले घाँस बोकेर घरतर्फ फर्किँदै गरेकी कुमाललाई ठक्कर दिएको थियो । ठक्करपछि कुमाल खाल्डोमा खस्नुभएको थियो । चालक भीमबहादुरले उद्धार गर्नुको साटो कुमाल खसेको खाल्डोमा वरिपरिको माटो खनेर पुरिदिएका थिए ।

काठमाण्डौबाट सल्यानटार हुँदै आरघाटमका लागि छुटेको बसका यात्रुले ‘एक्स्काभेटरले मान्छे पुर्‍याे’ भन्दै हल्ला गरेपछि चालक बुढाथोकी भागेका थिए । खाना खाँदै गरेका सडकमा मजदुरले कुमालको शव निकालेका थिए ।  रातोपाटी बाट साभार

 

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...