कोरोनाको दोस्रो डोज लगाउन नपाए के हुन्छ स्वास्थ्य अवस्था ?



हाम्रो इकोनोमि

 

 

गएको माघ १४ गतेदेखि सरकारले नेपालमा कोरोनाविरुद्धको खोपको अभियान सुरु गर्यो । पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सरसफाइकर्मी लगायत फ्रन्टलाइनमा खटिनेहरुका लागि कोरोनाविरुद्धको कोभिशिल्ड खोप अभियान सुरु गरेको थियो । र, पहिलो चरणमा ४ लाख ३८ हजार ८ सय ७९ जनालाई यो खोप लगाइयो । त्यसपछि पनि पटकपटक गरी हालसम्म करिब १६ लाख जनसङ्ख्याले कोभिशिल्ड खोप लगाइसकिएको छ ।

दोस्रो डोज लगाउन नपाए के हुन्छ ?

अध्ययनहरूका अनुसार कोरोनाविरुद्धको पहिलो खोप लगाएको ३ हप्तादेखि ३ महिनासम्म दोस्रो डोज लगाएमा प्रभावकारी रुपमा काम गर्ने जनस्वास्थ्य वैज्ञानिक डा. समीरमणि दीक्षितको भनाइ छ । पहिलो डोज लगाएको कम्तीमा ३ महिनाभित्र दोस्रो डोज लगाउनै पर्नेछ । पहिलो डोज लगाएको ३ महिनाभित्रै दोस्रो डोज लगाउन नसकेको खण्डमा पहिलो डोजको प्रभावकारिता घट्ने डाक्टर दीक्षित बताउँछन् । यद्यपि खोपको पहिलो डोजमात्रै लगाएर दोस्रो डोज नलगाएपनि शरीरमा त्यसले अर्को असर भने नगर्ने उनको भनाइ छ ।

कोभिसिल्ड नआए अर्को खोपको दोस्रो डोज दिन मिल्छ कि मिल्दैन ?

कोरोनाविरुद्धको खोपको पहिलो डोज कोभिशिल्ड लगाएका व्यक्तिले दोस्रो डोज पनि त्यही लगाउने भन्ने हो । किनभने औषधिको उत्पादन गर्दा नै त्यही अनुसारको पदार्थ र एन्टीबडी बनाइएको हुन्छ । तर यदि सोही खोप उपलब्ध नभएमा दोस्रो डोजका लागि अर्कै खोप लगाउन मिल्छ कि मिल्दैन भन्ने कुरा अहिलेसम्म पनि बाहिर आएको छैन ।

खोप निर्माण गर्ने कम्पनीले पहिलो चरणको खोप मानौं कोभिशिल्ड खोप र दोस्रो चरणको खोप सिनोफार्मले उत्पादन गरेको खोप लगाउँदा के हुन्छ भनेर अध्ययन नगरेकाले तत्काल दुई चरणमा दुई थरी खोप लगाउँदा के हुन्छ भन्न नमिल्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका विशषज्ञ डाक्टर शेरबहादुर पुनको भनाइ छ । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीरमणि दीक्षित पनि फरकफरक कम्पनीका खोप लगाउन हुन्छ कि हुँदैन भन्ने बारेमा अध्ययन नभएकाले के हुन्छ भनेर अहिले नै भन्न नसकिने बताउँछन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका विशषज्ञ डाक्टर शेरबहादुर पुन भने खोप उत्पादन कम्पनीले पहिलो मात्रा र दोस्रो मात्रा एउटै खालको लगाउनका लागि निर्माण गरेको हुनाले पहिलो खोप जुन लगाएको हो, दोस्रो डोज पनि सोही खोप लगाउनुपर्ने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...