मन्त्री आलेद्धारा उपचारका लागि आर्थिक सहयोग



हाम्रो इकोनोमि

 

वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले कैलालीका युग अश्त्र दैनिकका प्रधान सम्पादक तथा हिमालय टाइम्सका पत्रकार वीरेन्द्रबहादुर रावलको उपचारका लागि आर्थिक सहयोग प्रदान गर्नु भएको छ । काठमाडौँको चावहिल स्थित दीर्घायु अस्पतालमा पत्रकार रावलको पित्तथैलीको शल्यक्रिया भएको छ । पत्रकार रावलको उपचारमा सहयोग पुगोस भन्ने हेतुले मन्त्री आलेले रु २५ हजार आर्थिक सहयोग प्रदान गर्नु भएको उहाँका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो ।
सुरुमा कुल रु ५० हजारमा अप्रेसन खर्च हुँने भनिएपनि अप्रेसनका गर्ने क्रममा पत्रकार रावलको आन्दामा प्वाल परेपछि उहाँको थप शल्यक्रिया गर्नु परेको पत्रकार रावलकी धर्मपत्नि राधिका कुँवर रावलले जानकारी दिनुभयो ।

उहाँको उपचारमा अहिले सम्म कुल रु तीन लाख भन्दा बढी रकम बिल आएको बताइएको छ । पत्रकार रावललाई नेपाल पत्रकार महासंघले पनि आर्थिक सहयोग गर्ने तयारी गरी रहहेको महासचिब रमेश विष्टले जानकारी दिनुभयो । यसैगरी मन्त्री आलेले आजै टिचिङ अस्पताल काठमाडौँमा उपचार गराइ रहेकी डोटीको शिखर नगरपालिका तिजालीकी सात महिने बालक शुसान्त साउदलाई समेत रु १५ हजार आर्थिक सहयोग प्रदान गर्नु भएको छ । निज बालकको ढाडमा मासु पलाएकाले शाल्यक्रिया गरिएको उनका घर परिवारले जनाएका छन् । विमल विष्ट

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...