चिडियाखानाका गैडाका लागि प्रधानमन्त्रीले खानाको व्यवस्था गर्नु हुँने



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले जाउलाखेल स्थित सदर चिडियाखानामा राखिएका गैडाका लागि एक महिनाको खाना खर्च वेहोर्ने बताउनु भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापन गरेको रजत महोत्सव तथा विश्व वन्यजन्तु दिवसको उपलक्षमा चिडियाखाना आयोजना गरिएको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो ।

सो कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका प्रधानमन्त्री ओलीले चिडियाखानामा भएका जनावरका लागि सरकारले वर्षभरीको खाना खर्च व्यहोर्दै आएको र आफुले एक महिनाका लागि गैडाको खाना खर्च व्यहोर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्रीका हैसियतले आफुले सरकारबाट पाउने रकम वर्षभरीको सबै कोरोना कोषमा दिएकाले श्रीमतीको तिबृत्तिभरणबाट आउने रकमबाट गैडाका लागि एक महिनाको खाना खर्च दिने छौँ ।” ललितपुरको जावलाखेलमा स्थापना गरिएको चिडियाखाना सानो भएकाले आगामी दिनमा वन्यजन्तुको उद्धार तथा वन्यजन्तुको परस्थानीय संरक्षण, वैज्ञानिक अध्यन अनुसन्धान तथा पर्यापर्यटान अभिबृद्धिका लागि भक्तपुरको सूर्य विनायकमा बृहत खालको चिडियाखाना निर्माणाका लागि मन्त्री परिषदबाट स्वीकृत भइ निर्माण प्रकृयामा रहेको समेत जानकारी दिनुभयो ।

यसैगरी जावलाखेलको चिडियाखाना अवलोकनगर्नका लागि आउने जेष्ठ नागरिक, गर्भवती महिला अपाङगता भएका तथा बालबालिकाहरु लाई हिडडुलगरी वन्यजन्तु अवलोकन गर्न समस्या हुँने भएकाले यसका लागि सरकारकातर्फबाट चारवटा बिद्युतिय बहान (रिक्सा) उपलब्ध गराउन वन तथा वातावरण मन्त्रालयलाई आवश्यक समन्वय गरी प्रकृया अगाडी बढाउन आग्रह तथा निर्देशन दिनुभयो । यसैगरी प्रधानमन्त्री ओलीले मानब र वन्यजन्तुको परापुर्वकालदेखि घनिष्ट सम्बन्ध रहेकाले मानिस र वन्यजन्तु बिचको सहअस्तित्व कायमगर्दै आगाडी बढ्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मानिसको जत्तिकै यस धर्तिमा बाच्न पाउने अधिकार भएकाले उनीहरुको अधिकारलाई हामीले सुनिष्चित गर्नु पर्ने हुन्छ ।”
यसैगरी प्रधानमन्त्री ओलीले बिगतमा सदर चिडियाखाना मनोरञ्जनका उदेश्यले तत्कालिन प्रधानमन्त्री जुद्धशम्सेर राणाले स्थापना गरेको भएतापनि हाल यसको उदेश्य फाकिलो हुँदै गएको र चिडियाखाना मनोरञ्जन मात्रै नभइ अध्यन अनुसन्धनका लागि समेत महत्वपूर्ण आधार रहेको बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले सडक चिडियाखानाको अवलोकन भ्रमण समेत गर्नु भएको थियो । अवलोकन भ्रमणका क्रममा वन्यजन्तुहरुलाई स साना कोठाहरुमा घेरा बार गरि राखिएकोमा उनीहरुको प्राकृतिक आहार, बिहार, बितरण जस्ता अधिकार हनन भएको आफुलाइ महसुस भएको र उनीहरुलाई केही खुला छोड्नु पर्ने उहाँले जानकारी दिनुभयो । सोही अवसमा प्रधानमन्त्री केपी शर्मा ओली तथा उहाँकी धर्म पत्नि राधिका शाक्यले चिडियाखानामा रहेको एक गैडाको अभिभावगत्व समेत ग्रहण गर्नु भएको थियो ।

सो कार्यक्रमका सभापति समेत रहनु भएका वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले कोरोनाका कारण चिडियाखानाको आम्दानी घट्न गइ चिडियाखानाको व्यवस्थापनमा परेको समस्या समाधानका लागि अर्थमन्त्रालयसँग आवश्यक बजेट व्यवस्थापनका लागि अनुरोध गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोनाका कारण चिडियाखानाको आम्दानी घटेर केही समस्या भएको छ, त्यसको समाधानका लागि हाम्रो मन्त्रालयबाट बजेटका लागि अर्थमन्त्रालयमा पत्राचार गरिएको छ, सम्भवतः चाडै बजेट आउने छ ।” सोही कार्यक्रममा बोल्नु हुँदै मन्त्री आलेले जैविक बिबिधता संरक्षणमा राष्ट्रिय प्रकृति संरक्षण कोषले महत्वपूर्ण योगदान गरेको कुरा स्मरण गर्नु हुँदै वर्तमान सदर चिडियाखानाको व्यवस्थापनमा परेको समस्या समाधानार्थ आजैदेखि थालनी गरिएको जानकारी समेत दिनुभयो । विमलबहादुर विष्ट

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...