३४२ किसानले लिए कृषि ज्ञान केन्द्र ललितपुरबाट टोकन



हाम्रो इकोनोमि

 

 

कृषि ज्ञान केन्द्र ललितपुरले कृषि यान्त्रीकरण प्रवर्धन कार्यक्रम (५० प्रतिशत) अनुदान अन्तर्गत ३ सय ४२ जनाले मात्र टोकन लिएका छन् ।काठमाडौँ, ललितपुर र भक्तपुर गरी तीन जिल्लाका ४ सय ६५ किसानले टोकन लिनु पर्नेमा समयअवधि सकिदासम्म ३ सय ४२ व्यक्ति तथा संघ संस्थाहरूले कृषि यन्त्रका लागि ज्ञान केन्द्रबाट टोकन लिइसकेको कृषि ज्ञान केन्द्र ललितपुरका कार्यलय प्रमुख कृष्ण भद्रले बताए ।

 

 

उनका अनुसार किसानहरूले टोकन लिनुपर्ने समयअवधि १३ गते नै सकिएको छ । तर अहिलेसम्ममा सबै व्यक्ति तथा संघ संस्थाहरूले टोकन लिईसकेका छैनन् ।
‘पैसा नभएरै हुन सक्छ, सबैले नलिएको हुनसक्छ । कोही भ्याली बाहिर गएका थिए होलान् । अव म्याद सकिँसकेको छ । अब के गर्ने भनेर १/२ दिनमै निर्णय गछौं ।’ उनले भने ।

यस कार्यक्रमको लागि साढे २ करोड बजेट विनियोजन गरिएको छ । यो कार्यक्रमले किसानहरूलाई एकदमै सहयोग पुगेको उनले बताए । धेरैजसो किसानहरूले मकै छोडाउने मेसिन, मिनी टिलर,घाँस टुक्र्याउने मेसिन, स्प्रे लगायत यन्त्रको माग गरेका थिए । ९ ओटा कृषि यन्त्र उपकरण आपुर्तिकर्ताहरुको आवेदन परेकोमा ७ ओटा कम्पनी छनोट भएका छन् । छनोट भएका ७ ओटा कम्पनीबाट किसानहरूले सामाग्री किन्नु पर्ने हुन्छ ।

केन्द्रले आवेदन खुलाएपछि किसान तथा संघसंस्थाहरुले आवेदन भर्ने र मापदण्ड पुगेका किसाहरु छनोट गरी नाम प्रकाशन गरिन्छ । त्यसपछि छनोट भएका किसानहरूले आफूले कुन कम्पनीबाट सामान गर्ने हो भनी छनोट गर्ने र त्यसपछि केन्द्रले टोकन दिने गरेको छ । टोकन लिइसकेपछि किसानहरू कम्पनीमा गएर यन्त्र लिने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...