प्रधानमन्त्री ओली औद्याेगिक क्रान्तिका ‘बा’ घाेषित



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओली औद्योगिक क्रान्तिका ‘बा’ घोषित हुनुभएको छ । उहाँलाई चीन नेपाल मैत्री औद्योगिक पार्कका अध्यक्ष तथा नेकपाका युवा नेताले औद्योगिक क्रान्तिका ‘बा’ घोषणा गर्नुभएको हो । झापाको दमक, कमल र गौरादहको संगम झर्काहामा चीन नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास समारोहमा प्रधानमन्त्री ओलीलाई औद्योगिक क्रान्तिका बा घोषणा गरिएको हो । नेपालको सबैभन्दा ठूलो तथा दक्षिण एसियाकै नमूना हाइटेक पार्कको शिलान्यास समारोहलाई सम्बोधन गर्दै सो पार्कका अध्यक्ष गोविन्द थापाले ओलीलाई औद्योगिक क्रान्तिको पिता घोषणा गर्नुभएको हो ।

नेपालको इतिहासमा गत तीन वर्ष जति कहिल्यै विकास नभएको विचार राख्दै अध्यक्ष थापाले नेपालमा आजका मितिबाट औपचारिक रुपमा औद्योगिक क्रान्ति सुरु भएको घोषणा गर्नुभयो । नेपाल अब पहिले जस्तो नरहेको विचार राख्दै अध्यक्ष थापाले चीन नेपाल औद्योगिक पार्क धरतीमा भन्दा आकाशमा बढ्ने बताउनुभयो । उहाँको भनाई थियो – ‘यो औद्योगिक पार्कको दर्जनौं तलाको भवनमा बहुराष्टिय कम्पनीका उद्योग बस्नेछन्, नेपालले कहिले नदेखेको विकास र समृद्धि देख्न गइरहेको छ ।’

प्रधानमन्त्री केपी शर्मा ओली नेपालको औद्योगिक क्रान्तिका जनक, पिता, बा भएको विचार राख्दै गोविन्द थापाले सभामा प्रस्ताव राख्नुभयो, ‘केपी शर्मा ओलीलाई नेपालको औद्योगिकरणको बा घोषणा गर्दछु । यस प्रस्तावलाई अनुमोदन गर्न हार्दिक अनुरोध गर्दछु ।’ थापाको सो घोषणापछि उपस्थित जनताले ठूलो स्वरमा होहल्ला गर्दै, ताली पिट्दै समर्थन गरेका थिए । सो घोषणा लगत्तै अध्यक्ष थापाले नेपालको औद्योगिक क्रान्तिका बा केपी शर्मा ओलीको प्रतिमा स्थापना गर्ने घोषणा गर्नुभयो । समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले चीन नेपालमैत्री औद्योगिक पार्क नेपालको सबैभन्दा पारदर्शी र छिटो गतिमा बन्ने विकास आयोजना हुने घोषणा गर्नुभयो ।

दुई हजार दुई सय विघा क्षेत्रफलमा फैलिएको चीन नेपाल मैत्री औद्योगिक पार्क पहिलो चरणमा १३ सय बिघामा बन्दैछ । सो पार्कमा विश्वस्तरीय उद्योगहरु बस्ने, ती उद्योगका उत्पादन विदेश निर्यात हुने जानकारी थापाले दिनुभयो । उहाँको भनाई थियो – ‘आजबाट औद्योगिक क्रान्तिसँगै मेड इन नेपाल अभियान सुरु भएको छ । अब मेड इन नेपाल लेखिएका उच्चस्तरीय उत्पादन विश्व बजारमा जानेछ ।’

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...