कांग्रेस नेता नविन्द्रराज जोशीलाई मस्तिष्कघात, नर्भिक अस्पतालमा भर्ना



हाम्रो इकोनोमि

 

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । शुक्रबार विहान पौने ३ बजे शरीरको अंग नचलेपछि उनलाई वीर अस्पताल पुर्‍याइएको थियो । बिहान थप उपचारका लागि नर्भिक लगिएको हो ।

नर्भिक अस्पताल स्रोतका अनुसार जोशीलाई ‘थ्यालेमिक ह्यामरेज’ भएको छ । यो भनेको मस्तिष्कको निकै संवेदनशील स्थानमा रगत जम्नु हो । ‘टाउकोमा सामान्य शल्यक्रिया गरी ड्रेन राखिएको छ । चिन्ताजनक अवस्था रहेकाले अहिले नै केहि भन्न सकिन्न,’ अस्पताल स्रोतले भन्याे ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...