टिकटक बनाउने विद्यार्थीको परीक्षा रद्द



हाम्रो इकोनोमि

 

परीक्षामा टिकटक बनाउने दैलेखका विद्यार्थीको परीक्षा रद्द भएको छ । कक्षा १२ को परीक्षामा टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने रोशनकुमार शाहीको परीक्षा रद्द भएको हो ।

रोशनले दैलेखको कालीका माविबाट परीक्षा दिएका थिए । नको परीक्षा रद्द गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गएको मंसिरमा भएको परीक्षामा उनले परीक्षा दिएकै बेला टिकटक बनाएकाले उनको चालु खण्डको परीक्षा रद्द गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

यस्तै विद्यालयमा निरीक्षकका रुपमा खटिएका शिक्षक कमलबहादुर शाही र केन्द्राध्यक्ष चक्रबहादुर शाहीलाई पनि बोर्डले तीन वर्षसम्म कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी विभागीय कारबाही गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...