निर्वाचन आयोगले चुनावी कार्यतालिका प्रकाशित गर्नुपर्‍यो : देउवा



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगले चुनावी कार्यतालिका नल्याएकोले आशंका पैदा भएको बताएका छन्। अदालतले भन्दा पनि निर्वाचन आयोगले बदमासी गर्न सक्ने देउवाको भनाइ छ।

‘निर्वाचन आयोगले किन अहिलेसम्म निर्वाचन कार्यक्रम बाहिर निकाल्दैन? चुनाव नगराउने हो भने भन्नुपर्‍यो चुनाव गराउँदिनँ भनेर। चुनाव गराउने हो भने निर्वाचनको प्रक्रिया सुरू गरेकै छैन। कुनै पनि संसदको विघटन भएको छ महिनाभित्र चुनाव गरिसक्नुपर्छ,’ भैरहवामा आज भएको सभामा देउवाले भने।

उनले जेठभित्र आयोगले चुनाव गराउनुपर्ने बताए। ‘जेठ अन्तिमसम्म ओलीले चुनाव गराउनुपर्छ। निर्वाचन आयोगको पनि त्यही काम हो। आयोग संविधान बाहिर जान सक्छ? उसलाई मतलब नै छैन। निर्वाचन आयोगलाई म यहीबाट भन्न चाहन्छु- प्रधानमन्त्री ओलीले संसद विघटन गरेको छ महिनाभित्र चुनाव गराइसक्नुपर्छ,’ उनले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमा चुनाव गर्छु भने पनि आयोगले चुनाव गर्छु भनेर नभनेको देउवाको भनाइ छ।‘निर्वाचन आयोगमाथि शंका गर्नुपर्ने बेला भइसकेको छ। किन यसले चुनावको कार्यतालिका प्रकाशित गर्दैन?,’ उनले भने, ‘सबै पार्टीलाई बोलाएर किन चुनावी कार्यक्रम दिन सक्दैन? अदालतको निर्णय पर्खने काम आयोगको होइन। अदालतले चुनाव हुँदैन भन्यो भने रोके भइगो के विग्रन्छ। आयोगले छ महिनाभित्र निर्वाचन गर्छु भनेर जनतालाई भन्नुपर्‍यो।’

निर्वाचन आयोगले निर्वाचनका लागि तयार छु भनेर जनतालाई भन्न नसकेको देउवाको भनाइ छ। ‘समयमै चुनाव गराउँछु भनेर बोलेकै छैन, किन केही बोल्दैन?,’ उनले भने।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...