संसद पुनर्स्थापनाले निकास दिँदैन, यसको पछि नलागौं : विप्लव



हाम्रो इकोनोमि

 

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले असफल संसदीय व्यवस्थाबाट परिवर्तनको आकांक्षा पुरा नहुने बताएका छन्। ‘जनयुद्ध दिवस’को अवसरमा शुभकामना दिँदै विप्लवले जनयुद्ध आम जनताको चाहना र आवश्यकतासँग जोडिएको बताए।

तर अहिले प्रतिक्रियावादीहरूको मिलेमतोमा जनयुद्धका उपलब्धिहरू तहसनहस पारिएको उनले भनाई छ। असफल दलाल पूँजिवादीको संसदीय व्यवस्थाले जनआकांक्षा पुरा नहुने उनले दाबी गरे। संसद पुनर्स्थापनाले दिने निकास जनअपेक्षित नहुने पनि उनको जिकिर छ।

‘यसको अग्रगामी निकास रणनैतिक संयुक्त मोर्चाले संश्लेषण गरेको वैकल्पिक संयुक्त सरकार हुन सक्छ,’ वक्तव्यमा भनिएको छ, ‘जसले सार्वभौम शक्ति सम्पन्न जनताको जनमतद्वारा वैज्ञानिक समाजवाद या पूँजिवादको फैसला गर्नेमा नेतृत्व दिन सक्नेछ।’

विप्लवले दशकौं देखिको परिवर्तनकारी जनआकांक्षालाई प्रतिनिधित्व गर्न सक्ने शक्तिका रुपमा विका गर्न रणनैतिक संयुक्त मोर्चा अगाडि आएको बताए। उनले राजनीतिक विकल्पका पक्षमा गोलबन्द हुन परिवर्तनकारी शक्तिहरूमा आह्वान पनि गरे

 

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...