प्रचण्ड-माधवलाई प्रधानमन्त्री बनाउन कांग्रेसले आन्दोलन गर्दैन : सभापति देउवा



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा भङ्ग गरेपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नजिकिएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईको कार्यक्रममा कुम जोडेर बसेका छन् ।

प्रचण्डले ओलीविरुद्ध सडक आन्दोलन गर्दै आएका छन् । प्रचण्डको टुक्रिएको नेकपा झुण्ड सडकमा आन्दोलनरत छ । प्रचण्डको झुण्डले कांग्रेसलाई मिलेर आन्दोलन गर्न अनुरोध गर्दै आएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली, प्रचण्ड वा माधवकुमार नेपाललाई प्रधानमन्त्री या नेकपाको अध्यक्ष बनाउन कांग्रेसले आन्दोलन नगर्ने बताउँदै आएका छन् ।

नेकपाभित्रको व्यक्तिवादी चरित्र र स्वार्थका कारण ओली, प्रचण्ड र नेपालले संसद भङ्ग गरेका हुन् । यी तीन जना नेताहरू संसद भङ्ग गर्नमा प्रमुख दोषी छन् । उनीहरूसँगै राष्ट्रपति विद्यादेवी भण्डारीको पनि उत्तिकै दोष रहेको आरोप लाग्दै आएको छ । भट्टराईको जसपा पनि सडकमा छ । प्रचण्ड र भट्टराई संसद पुनःस्थापनाको माग गर्दै आएका छन् । १७ हजार जनताको हत्या गर्ने कथित जनयुद्धमा प्रचण्ड र भट्टराई संयुक्त रुपमा उत्पात मच्चाएका थिए ।

पछि प्रचण्ड र भट्टराईबीच स्वार्थ नमिलेपछि अलग–अलग भएका थिए । स्वार्थ मिल्न थालेपछि प्रचण्ड र भट्टराईफेरि नजिकिन खोजेका छन् । माओवादी पार्टी छाडेर तीन–चार वटा पार्टी बनाएका भट्टराई र प्रचण्डबीच एउटै कार्यक्रममा देखिएको थिएन । उता, नेपाली कांग्रेसभित्र प्रतिनिधि सभा भङ्ग भएको विषयमा सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच मतभेद छ । देउवा सर्वोच्च अदालतले दिने फैसलालाई कांग्रेसले स्वीकार गर्ने बताउँदै आएका छन् ।

देउवाले प्रतिनिधि सभा भङ्ग गर्ने ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भनेर आलोचना गरिसकेका छन् । देउवा निर्वाचनको पक्षमा छन् । कांग्रेसको केन्द्रीय कार्यसमितिले सर्वसम्मत निर्णय गरेर ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भनेर आन्दोलन गर्दै आएको छ ।

तर, पौडेल संसद पुनःस्थापनाको पक्षमा छन् । पौडेलले आफू निकटका नेताहरूसँग देउवाविरुद्ध गतिविधि गर्दै आएका छन् । पौडेलले आफ्ना सार्वजनिक अभिव्यक्तिहरूमा पार्टीको संस्थागत निर्णयविरुद्ध संसद पुनःस्थापनाको माग गर्दै आएका छन् । पौडेललाई प्रचण्डले राष्ट्रपति पदको लोभ देखाएको भनेर आलोचना भइरहेका बेला काठमाडौंमा शनिबार पौडेल, प्रचण्ड र भट्टराईबीच एउटै मञ्चमा देखिएका छन् ।

गोरखामा हार्ने परिस्थिति भएपछि कांग्रेसको भोटले जितेर आएका भट्टराईले काठमाडौं आउनेवित्तिकै कांग्रेसलाई म्युजियममा लगेर राख्नुपर्ने भनेर टिप्पणी गरेका थिए । धोकेबाज भएको भन्दै कांग्रेसका अधिकांश नेताहरू प्रचण्ड र भट्टराईको कार्यक्रममा जाँदैनन् । तर, पौडेल भने प्रचण्ड र भट्टराईको कार्यक्रममा जाने गरेका छन् । पौडेल र प्रचण्ड पछिल्लो समय नजिकिएका छन् । भट्टराईसँग पनि पौडेल निकट हुँदै गएका छन् ।

पौडेल र भट्टराई नातेदार पनि पर्छन् । उनीहरूका बीच बेलाबेला राजनीतिक साँठगाँठ हुने गरेको चर्चा तनहुँमा छ । गएको प्रतिनिधि सभा निर्वाचनमा पौडेलले तनहुँका एकजना व्यापारीमार्फत भट्टराईलाई निर्वाचन खर्च समेत पठाइदिएको चर्चा दमौलीमा बेलाबेला हुने गरेको छ । कथित जनयुद्धका बेला पनि पौडेल र भट्टराईबीच साँठगाँठ रहेको भनेर तनहुँ कांग्रेसमा चर्चा हुने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
फराकिलो जितका लागि दोलखामा पार्वतलाई सहज

    नेकपा एकीकृत मार्क्सवादी–लेनिनवादी (एमाले) दोलखाका संस्थापक नेता शिवप्रसाद भण्डारी पुनः एमालेमै...

रास्वपा मकवानपुर सभापति कांग्रेसमा प्रवेश

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति भरत पराजुली नेपाली कांग्रेसमा प्रवेश...

फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा

    निर्वाचनमा उत्साहजनक सहभागिताका बढाउन निर्वाचन आयोगले फागुन २० देखि २२ गतेसम्म...

नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी दौड सुरु

    निजी क्षेत्रका व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा पनि चुनावी...