प्रचण्डको नेतृत्वमा क्यान्टोनमेन्टको १९ अर्ब घोटला



हाम्रो इकोनोमि

 

तत्कालीन माओवादीले गरेको युद्धको क्रममा धेरैले ज्यान गुमाए, धेरैले साहरा गुमाए भने धेरैले अंगभंग भएर बाच्नुपरेको छ । तर त्यही देखाएर तत्कालीन माओवादीका सुप्रिम कमाण्डर पुष्पकमल दाहाल प्रचण्डले १९ अर्ब घोटला गरेको खुलासा भएको छ ।

 

युद्धकालीन एक जना मुख्य कमाण्डर समेत रहेका उर्जामन्त्री टोपबहादुर रायमाझीले लडाकुको नक्कली संख्या देखाएर १९ अर्ब रुपैया प्रचण्डले हिनामिना गरेको बताएका छन । वुटवलमा आयोजित पूर्व जनमुक्ति सेना नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले प्रचण्डसँग अझै धेरै हिसाबकिताब माग्न बाँकी रहेको बताए ।

 

भेलामा सम्बोधन गर्दै रायमाझीले भने ‘शान्ति प्रक्रियामा आइसकेपछि वाइसिएलमा रहेका समेत साथीहरु जम्मा गरेर १९ हजारलाई क्यान्टोनमेन्टमा राखियो । १९ हजार सेना राखेर हामीले ३४ हजार जनाको संख्या देखाएर भत्ता बुझ्यौं । त्यसको हिसाब बाबुराम भट्टराईले राख्नुभएको छ । उहाँका अनुसार सात आठ वर्षको सो रकम १९ अर्ब हुन्छ । त्यो पैसा कहाँ गयो रु’ रायमाझीले वाइसिएलका लागि भनेर लिएको थप रकम समेत प्रचण्डले झ्वाम परेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...