केपी ओलीले थप एक कार्यकाल मुलुकको नेतृत्व गर्नुपर्ने भयो : विष्णु पौडेल



हाम्रो इकोनोमि

 

विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहका महासचिव विष्णु पौडेलले प्रधानमन्त्री केपी ओलीले थप एक कार्यकाल मुलुकको नेतृत्व गर्नुपर्ने अवस्था आएको बताएका छन् । आगामी चुनावबाट ओली नेतृत्वको नेकपाले बहुमत ल्याएर छोड्ने उनले दावी गरे ।

बुटबलमा आयोजित पार्टीको जनसभालाई सम्वोधन गर्दै पौडेलले भने, ‘केपी ओलीले थप एउटा कार्यकाल प्रधानमन्त्री भएर मुलुकलाई विकास र समाजवादतर्फ लैजानु हुनेछ । हामी सबैले उहाँलाई २७ गतेको निर्वाचनपछि पनि एकपटक नेतृत्व गर्न आग्रह गर्नुपर्ने स्थिति देखा परेको छ ।’

वैशाख महिनामा सम्पन्न हुने निर्वाचनबाट ओली नेतृत्वको नेकपालाई बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने पौडेलले दावी गरे । पार्टीको आधिकारिकता र चुनावचिन्हका बारेमा भ्रम छर्न कोशिष भइरहेको उनले बताए ।

‘यहाँहरुको आँखामा आँखामा जोडेर भन्न चाहन्छु नेकपाको वैधानिकता र चुनावचिन्ह ओलीले नेतृत्व गरेको पार्टीसँग रहनेछ, आफ्नो हातमा रहेको सुर्य चिन्ह आत्मविश्वासपूर्वक फहराउनुस,’ पौडेलले भने ।

दुनियाको कुनै तागतले चुनाव रोक्न नसक्ने भन्दै उनले जनसभाबाट फर्केपछि गाउँ–गाउँमा टोलटोलमा चुनावको तयारीमा लाग्न निर्देशन दिए । नेकपा विभाजन नै नभएको दावी पौडेलले गरे । केही षडयन्त्रकारी तथा विभाजनकारी स्वार्थि तत्वहरु चोइटएको उनको भनाइ छ ।

‘नेकपा विभाजित भएको छैन, विभाजित हुने छैन,’ उनले भने, ‘सच्चा र इमान्दार नेकपाका योद्धाहरुले विभाजन हुन दिने छैनन् । केही स्वार्थी तत्वहरु किनारा लाग्नेछन् ।’

ओलीले भारतीय नाकाबन्दीको सामना गर्दा जनता र प्रतिपक्षी दलले समेत साथ दिएको तर, पार्टीभित्रैकै समूहले सरकार ढाल्ने षडयन्त्र रचेको उनले आरोप लगाए ।

‘ओलीले नै संविधान निर्माणको अगूवाई गर्नुभयो, उहाँको नेतृत्वको सरकारले ऐतिहासिक र किर्तिमानी काम गरेकोछ, ’ उनले भने, ‘पार्टीभित्रका दाउपेच र षडयन्त्रका बाबजुद सरकार अगाडि बढेको छ । अब हामी राजनीतिक स्थायित्व सुनिश्चित गर्नु छ र मुलुकलाई समृद्धितर्फ लैजानुछ । ओलीको नेतृत्वमा समाजवाद स्थापना गरेरै छाड्नेछौं ।’

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...