अझै बनिसकेको छैन मुलपानीको रंगशाला : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मंगलबार ‘खेलकुदसँग प्रधानमन्त्री’ कार्यक्रम गर्‍यो । प्रधानमन्त्री केपी शर्मा ओलीले खेल क्षेत्रबारे आफ्नो धारणा राखे, सहभागीहरुबाट केही लिखित प्रश्न पनि लिए । त्यमध्ये एक प्रश्न थियो, मुलपानी क्रिकेट रंगशाला कहिले सम्पन्न हुन्छ ?

लिखित प्रश्न पढेपछि उनले प्रतिप्रश्न गरे, अझै बनिसकेको छैन त्यो ? (हलमा हाँसो) मञ्चमा भएका राखेप सदस्य सचिव रमेश सिलवालले अब दुई वर्ष लाग्छ भनेपछि प्रधानमन्त्री ओलीले भने, धेरै वर्ष भइसक्यो । अझै बनेको छैन भन्दा अचम्म लाग्यो । अब छिट्टै बन्छ ।’

१३औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक जितेका खेलाडीहरुलाई मानपदवीमा भएको विभेदबारे सोधिएको प्रश्नमा पनि प्रधानमन्त्रीले कसैले पाएन ? भन्दै अनविज्ञता प्रकट गरे । राखेप सदस्य सचिव सिलवालले ‘केहीले पाए, केहीले पाएनन्’ भनेपछि प्रधानमन्त्री ओलीले आगामी दिनमा ध्यान दिउँला भनेका छन् ।

२०/२५ वर्षदेखि कर्मचारीहरु नभएको विषयमा सोधिएको प्रश्नमा पनि उनले अनविज्ञता प्रकट गरे । उनले आश्चर्यभावमा सोधे, किन बढुवा गर्ने ठाउँ नै रहेछ कि क्या हो ? (हलमा हाँसो)

प्रधानमन्त्रीले अघि भने, कहिले कहिले ठाउँ हुँदैन के ! खेलकुद परिषद्को अध्यक्ष भइसकेपछि फेरि उपाध्यक्षमा बढुवा गर्न भएन क्या रे ! त्यस्तै हो भने नत्र बिसौं वर्षदेखि कसरी बढुवा भएन ?’

प्रतिक्रिया दिनुहोस
कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...

खाडी क्षेत्रमा हजारौं अमेरिकी सैनिक प्रस्थान

    इरानसँग युद्ध अन्त्यका लागि प्रयास भइरहेका समाचार आइरहेका बेला अमेरिकाले खाडी...

इरानले भन्यो : अमेरिकी गठबन्धनलाई बमले स्वागत

    इरानले आफ्ना मित्र देशका लागि हर्मुज जलघाँटीको बाटो खुला गरिएको प्रष्ट...

अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...