प्रधानमन्त्री ओलीद्धारा नेपालकै ठूलो सब–स्टेसन उद्घाटन



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालकै सबभन्दा ठूलो ढल्केवर सब–स्टेशनको समुद्घाटन गर्नुभएको छ । धनुषाको ढल्केबरमा नेपाल सरकार र विद्युत् प्राधिकरणको संयुक्त लगानीमा देशकै ठूलो ४ सय केभीको सब–स्टेसनको निर्माण गरिएको छ ।

विश्व बैंकको सहुलियतपूर्ण ऋण एवं नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्मित २२० र १३२ केभी ढल्केबर सब–स्टेसनको प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्नुभएको हो । सव–स्टेसनमा जडान गरिएको ३१५ एमभीएको थप पावर ट्रान्सफर्मरको गत पुस १९ गतेदेखि चार्ज गरेर सबै परीक्षण सम्पन्न गरिसकिएको छ । हाल सञ्चालनमा रहेकामध्ये सबैभन्दा ठूलो ढल्केवर सव–स्टेशन भएको बताइएको छ ।

यो सव–स्टेसन जीआईएस प्रविधियुक्त स्वचालित रहेको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताउनु भयो । उहाका अनुसार पूर्व–पश्चिम र ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइन र ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् पनि ढल्केबरमा चार्ज हुन्छ । ढल्केबर मुजफ्फपुर ४०० केभी प्रसारण लाइनबाट थप १०० मेगावाट बिजुली दिन भारत सहमत भएको उहाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...