म्यानमारमाकी नेता सुची गिरफ्तार, सैनिक ‘कु’को सम्भावना



हाम्रो इकोनोमि

 

 

म्यानमारको सत्ताधारी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)की सर्वोच्च नेता आङ सान सुचीलाई सेनाले गिरफ्तार गरेको छ । यहाँ सैनिक ‘कु’ को आशंका गरिएको छ किनभने पछिल्ला केही महिनायता नागरिक सरकार र सैनिक नेतृत्वबीच टकराव थियो ।

नोभेम्बर महिनामा सम्पन्न चुनावमा एनएलडीले सरकार बनाउनका लागि पर्याप्त सिट जितेको थियो । तर म्यानमारको सेनाले भनेको छ कि ती मतहरु सबै फर्जी थिए ।

बर्माको नामबाट पनि परिचित म्यानमारमा सन् २०११ सम्म सैनिक शासन थियो । त्यतिबेलासम्म प्रजातन्त्रवादी नेतृ सुचीलाई घरमै नजरबन्द गरिएको थियो ।

नवनिर्वाचित प्रतिनिधिसभाको बैठक सोमबार (आज)का लागि बोलाइए पनि सेनाले बैठक सार्नका लागि दवाव दिइरहेको थियो । त्यसकै परिणाम सैनिक कु हुनसक्ने आकलन गरिएको छ । म्यानमारको राजधानी नेपिताव र मुख्य शहर याङगोनका सडकमा सेनाको बाक्लो उपस्थिति देख्न सकिन्छ ।

मुख्य शहरहरुमा मोबाइल इन्टरनेट तथा केही कम्पनीका टेलिफोन सेवा पनि बन्द भएका छन् । राज्यको मुख्य टेलिभिजन एमआरटिभीले प्राविधिक समस्या भन्दै प्रशारण बन्द गरेको छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...