म्यानमारमाकी नेता सुची गिरफ्तार, सैनिक ‘कु’को सम्भावना



हाम्रो इकोनोमि

 

 

म्यानमारको सत्ताधारी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)की सर्वोच्च नेता आङ सान सुचीलाई सेनाले गिरफ्तार गरेको छ । यहाँ सैनिक ‘कु’ को आशंका गरिएको छ किनभने पछिल्ला केही महिनायता नागरिक सरकार र सैनिक नेतृत्वबीच टकराव थियो ।

नोभेम्बर महिनामा सम्पन्न चुनावमा एनएलडीले सरकार बनाउनका लागि पर्याप्त सिट जितेको थियो । तर म्यानमारको सेनाले भनेको छ कि ती मतहरु सबै फर्जी थिए ।

बर्माको नामबाट पनि परिचित म्यानमारमा सन् २०११ सम्म सैनिक शासन थियो । त्यतिबेलासम्म प्रजातन्त्रवादी नेतृ सुचीलाई घरमै नजरबन्द गरिएको थियो ।

नवनिर्वाचित प्रतिनिधिसभाको बैठक सोमबार (आज)का लागि बोलाइए पनि सेनाले बैठक सार्नका लागि दवाव दिइरहेको थियो । त्यसकै परिणाम सैनिक कु हुनसक्ने आकलन गरिएको छ । म्यानमारको राजधानी नेपिताव र मुख्य शहर याङगोनका सडकमा सेनाको बाक्लो उपस्थिति देख्न सकिन्छ ।

मुख्य शहरहरुमा मोबाइल इन्टरनेट तथा केही कम्पनीका टेलिफोन सेवा पनि बन्द भएका छन् । राज्यको मुख्य टेलिभिजन एमआरटिभीले प्राविधिक समस्या भन्दै प्रशारण बन्द गरेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...