जेठमा एसईई गर्ने तयारी



हाम्रो इकोनोमि

 

 

यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले जेठमा परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेल २०७८ जेठमा परीक्षा सञ्चालन गर्न सकिने बताउँछन् । ‘बिदा कटौती गरेर कक्षा सञ्चालन गर्ने र जेठसम्ममा परीक्षा लिइसक्नु पर्दछ,’ उनी भन्छन्, ‘त्यसो नगर्दा शैक्षिक सत्र खेर जान सक्छ ।’ नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण गत वर्ष एसईई सञ्चालन हुन सकेन । त्यो अवस्था दोहोरिन नदिन बेलैमा तयारी तीव्र बनाउनु पर्ने अध्यक्ष पौडेल बताउँछन् ।

रजिस्ट्रेसन फाराम खुल्यो

एसईई २०७७ मा सहभागी हुनका लागि बोर्डले आवेदन आह्वान गरेको छ । परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले १६ पुसदेखि २१ माघसम्ममा फाराम भर्नुपर्ने पौडेलले जानकारी दिए । सम्बन्धित विद्यालयले आफ्ना विद्यार्थीको नामथर, जन्ममिति, आमाबाबुको नाम रुजू गरेर माघभित्र रजिस्ट्रेशन शूल्क सहित शिक्षा विकास तथा समन्वय इकाईमा बुझाउनु पर्नेछ । रजिस्ट्रेसन शुल्क प्रतिविद्यार्थी ३०० रुपैयाँ निर्धारण गरिएको छ । विगतमा साउनमै फाराम खुले पनि यसपटक कोभिड–१९ महामारीका कारण पुसमा सरेको हो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...