१० महिनापछीपहिलो पर्वतीय उडान, उडानप्रती यात्रुहरूको आकर्षण



हाम्रो इकोनोमि

 

झन्डै १० महिना पछि आज यती एअरलाईन्सद्धारा त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलबाट पहिलो पर्वतीय उडान सफलतापूर्वक सम्पन्न गरेको छ । यतीले आज दुईवटा वायुयान मार्फत यो पर्वतीय उडान शुरु गरेको हो । प्रत्येक शनिवार एउटा उडान गर्नेगरी बुकिङ शुरु गरेको भएपनी यात्रुहरूको उत्साह र माग बमोजिम २ वटा उडान गरेको एअरलाईन्सले जनाएको छ । यति एअरलाईन्सले संक्रमण जोखिमको समयमापनि उच्च सतर्कताका साथ उडान सम्पन्न गरेको जनाएको छ । यती एअरलाइन्सका हवाई सुरक्षा प्रमुख समेत रहनु भएका प्रवक्ता सुदर्शन बर्तौलाले यात्रुहरुको माग बढेकोले अब प्रत्येक शनिवार ATR-72 विमान मार्फत २ वटा पर्वतीय उडान हुने जानकारी दिनुभयो ।

 

 

” हाम्रो सगरमाथा कै उचाई बराबरको आकर्षक भाडादरमा २ वटा टिकट पाइने आकर्षक प्याकेज, यात्रुहरुलाई पहिलो प्राथमिकतामा राखी गरेको यात्रुसेवा, संक्रमण रहित उडानका लागि हामिले अपनाएका विधि र प्रक्रियाहरुप्रती यात्रुहरूको विश्वास आदि जस्ता कारणले यात्रुहरूले हामिप्रती अझ बढी विश्वास गर्नुभएको छ, यसलाई कायम राख्न हामिलाई अझ उत्साहित बनाएको छ” बर्तौलाले भन्नुभयो । आज बिहान ७:२० मा पहिलो उडान भरेको यतिले आज ९२ जना यात्रुलाई पर्वतीय उडानमा लगेको जनाएको छ ।

 

 

नेपाली यात्रुहरू तथा आवासीय बिदेशी नागरिक र भारतीयहरुकालागी छुट्टाछुट्टै प्यागेजल्याएको यतीले २ वटा टिकटका लागि क्रमशः ८८४८/- र १३२७५/- भाडादर तोकेको छ । यतीको मोबाइल एप्स, अनलाइन मार्फत खरिद गर्दा अझ आकर्षक छुट पाईने समेत जानकारी दिएको छ । साथै पर्वतीय उडान यात्रुहरु मध्यबाट लक्कि ड्र मार्फत छानिएको एक जनाकालागि प्रत्येक हप्ता जुनसुकै गन्तव्यको एउटा निशुल्क हवाई टिकट उपलब्ध गराउने एअरलाइन्स कार्यक्रम ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस
नयाँ टाटा पञ्च ईभी नेपालभर सार्वजनिक

    नेपालमा लामो समयदेखि बहुप्रतीक्षित मानिएको टाटाको नयाँ ‘पञ्च.ईभी’ काठमाडौँमा जारी ‘नाइमा...

शेरबहादुर देउवा पश्चिमको राजकुमार : शशांक

  नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

कांग्रेस देउवा समूहको राष्ट्रिय भेला सुरु

     नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु भएको छ ।...