वीर अस्पताल अघिल्तिरको गेटमै ढल



हाम्रो इकोनोमि

 

 

केही दिनयता वीर अस्पताल निकै चर्चामा आइरहेको छ । कोभिड- १९ को उपचारमा खटिएका स्वास्थ्यकर्मीले सेवा सुविधा नपाएको भनेर चर्चामा रहेको वीर अस्पताल अहिले ढलका कारण चर्चामा छ।

देशकै जेठो अस्पतालको अघिल्तिर गेटमै ढल बगेको छ । उपचारका लागि पुग्ने बिरामी, उनीहरुका आफन्त अनि बाटो हिँड्ने बटुवा ढलमा परिन्छ कि भनेर छेउ कुना फड्कँदै, नाकमुख छोप्दै हिँड्न थालेका छन्।

तर यस विषयमा न वीर अस्पतालले सम्बन्धित निकायलाई दबाब दिन सकेको छ, न जिम्मेवार निकाय काठमाण्डौ महानगरपालिका र काठमाण्डौ खानेपानी लिमिटेडले नै चासो देखाएका छन् । नागरिकलाई अफ्ठ्यारो नपार्ने र महानगरलाई सुन्दर बनाउने दाबी गर्दै आएको महानगर यसबारे बेखबर जस्तै बनेको छ ।

नवलपरासीको रामग्राम नगरपालिकासँगको भगिनी सम्बन्ध गाँस्न दौडधुपमा रहेका महानगरका प्रतिनिधिले आफ्नै घर नजिकैको आँगन फोहोर भएको चाल पाएका छैनन् । महानगरपालिकाका उपमेयर हरिप्रभा खड्की श्रेष्ठ भन्नुहुन्छ, ‘सबै कुरा महानरपालिकालाई मात्रै दोष दिनुपर्छ भन्ने छैन, हामी भगिनी सम्बन्ध स्थापनाको कामका सिलसिलामा नवलपरासीमा थियौँ । हिजो मात्रै काठमाण्डौ आएका छौं । यसबारे हामीलाई थाहा नै थिएन । सामाजिक सञ्जालभरि फोटो देखेपछि बल्ल चाल पाएका हौँ ।’

उहाँले ढल जमेको थाहा पाएपछि यसको व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिइसकेको बताउनुभयो । काठमाण्डौ महानगरपालिका र काठमाडौ खानेपानी लिमिटेडको लापरबाही र बेवास्ताका कारण नागरिक नाक थुनेर हिँड्न बाध्य छन् ।

महानगरपालिकाले ढलको निकासाका लागि निर्देशन दिए पनि यस विषयमा काठमाण्डौ खानेपानी लिमिटेडले कुनै प्रतिक्रिया दिएको छैन । ढल व्यवस्थापनका लागि निर्देशन दिएको बताउने महानगरपालिको निर्देशन कति दिनमा कार्यान्वयनमा आउला त्यो भने हेर्न बाँकी नै छ । तर, पटक पटक हुने यस्ता लापरबाही र बेवास्ताका कारण महानगरवासी भने आजित भएका छन् ।

केही समयअघि खुलामञ्चमा कोरोना महामारीका कारण चपेटामा परेका गरीब तथा विपन्न नागरिकले निःशुल्क खाना खाइरहँदा सौन्दर्यमा असर परेको बताउने महानगरलाई अहिले ढल जम्दा भने असर परेको देखिँदैन ।

महानगरवासीले सोध्न थालेका छन् : खुलामञ्चमा भोका मान्छेले भात खाँदा लाज हुने महानगरलाई वीर अस्पताल अगाडिको ढल देख्दा घिन लाग्दैन ?

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...