साउन देखि वैदेशिक रोजगारीमा जानेको संख्या २० हजार पुग्यो



हाम्रो इकोनोमि

 

 

कोभिड–१९ को महामारीकैबीच चालु आर्थिक वर्षमा २० हजारभन्दा बढी व्यक्ति वैदेशिक रोजगारीका लागि बाहिरिएका छन् । चालु आर्थिक वर्षको कात्तिकसम्मका २० हजार ५ सय ६८ जना श्रमिकले विदेश जानको लागि श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागले पुनः श्रम स्वीकृतिलाई खुला गरेपछि विदेश जानेको संख्यामा वृद्धि आएको हो ।

विभागका अनुसार साउन महिनामा ३ हजार १ सय ५२ जना व्यक्तिले विदेश जानको लागि श्रम स्वीकृति लिएका थिए । भदौ महिनामा यो संख्या घटेर १ हजार ५ सय १५ जनामा सीमित भएको थियो ।

तर, असोज महिनामा श्रम स्वीकृति लिनेको संख्या ५ गुणा भन्दा बढीले वृद्धि भई ८ हजार ९७ जना पुगेको थियो । कात्तिक महिनामा भने असोजको तुलनामा श्रम स्वीकृति लिनेको संख्यामा कमी आएको छ ।

कात्तिक महिनामा कुल ७ हजार ७ सय ९७ जनाले यस्तो श्रम स्वीकृति लिएका थिए । दसैँ, तिहार जस्ता चाडवाडका कारण वैदेशिक रोजगार कार्यालयहरु धेरै समय बन्द हुँदा यसरी श्रम स्वीकृति लिनेको संख्या तुलनात्मक रुपमा कम भएको हो ।

नयाँभन्दा फर्कने बढी

विभागका अनुसार पछिल्लो ४ महिनामा वैदेशिक रोजगारीमा जानेमध्ये नयाँ रोजगारीमा जाने संख्याभन्दा एकपटक गएर बिदामा फर्किएकाहरु पुनः जाने क्रम धेरै छ । ४ महिनामा श्रम स्वीकृति लिएकामध्ये ८३ प्रतिशत श्रमिक एकपटक रोजगारीमा गएर पुनः फर्कनेहरु छन् । पहिलोपटक विदेश जानेको लागि दिइने श्रम स्वीकृति ढिलो मात्रै खुलेपछि पुनः श्रम स्वीकृति लिनेको संख्या बढी देखिएको हो ।

सरकारले पुनः श्रम स्वीकृति गत असारदेखि खुला गरेको थियो । तर, विदेश जानेका लागि दिइने श्रम स्वीकृति भने भदौ १५ देखि मात्रै खुला भएको थियो । श्रम स्वीकृति खुला नभएसम्म श्रमका लागि विदेश जान सरकारको विशेष अनुमति आवश्यक पर्ने भएकोले त्यो अवधिमा श्रम स्वीकृति लिनेको संख्या ज्यादै न्यून हुन गएको हो ।

म्यानपावरबाट विदेश जाने पनि बढ्दै

यो अवधिमा विदेश जानेमध्ये म्यानपावर लगायत रिक्रुमेन्ट कम्पनीबाट जानेको संख्या निकै कम छ । यो अवधिमा जम्मा १ हजार ५ सय ३७ जना व्यक्ति मात्रै म्यानपावरमार्फत् विदेश गएका छन् ।

साउन महिनामा श्रम स्वीकृति खुला नभएका कारणले यो महिनामा म्यानपावरमार्फत् कुनै पनि व्यक्ति वैदेशिक रोजगारीमा नगएको वैदेशिक रोजगारीका लागि स्वीकृति नपाएका हुन् । भदौ १५ देखि स्वीकृति खुला भएका कारण भदौ महिनामा भने ४९ जनाले म्यानपावरमार्फत् श्रम स्वीकृति लिएका छन् ।

असोज र कात्तिक महिनामा भने यो संख्या बढ्दै गएको छ । असोजमा ६ सय २६ जना तथा कात्तिक महिनामा ८ सय ६२ जनाले म्यानपावरमार्फत् विदेश जाने श्रम स्वीकृति पाएका छन् ।

व्यक्तिगत रुपमा विदेश जान श्रम स्वीकृति लिनेको संख्या पनि साउन महिनामा शुन्य थियो । भदौमा ६७ जना, असोजमा ५ सय १६ जना तथा कात्तिकमा ४ सय १४ जनाले व्यक्तिगत रुपमा विदेश जान श्रम स्वीकृति पाएका छन् ।

प्रतिक्रिया दिनुहोस
सुकुमबासीलाई देशभर संगठित गर्दै श्रम संस्कृति पार्टी

  श्रम संस्कृति पार्टीले सुकुमबासीहरूलाई संगठित गर्ने भएको छ । सरकारले सुकुमबासी बस्ती...

विद्यालयमा डोजर चलाइएकोमा नेविसंघको आपत्ति

     नेपाली कांग्रेसनिकट नेविसंघले सुकुमबासी बस्ती हटाउँदा वैकल्पिक योजनाबिनै सरस्वती आधारभूत विद्यालयमा...

कक्षा १२ को परीक्षा सुरु

    कक्षा १२ को परीक्षा सोमबारदेखि सुरु भएको छ । माध्यमिक तहको...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...