यती एअरलाईन्सको एक टिकट किन्दा अर्को टिकट निःशुल्क



हाम्रो इकोनोमि

 

निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एअरलाइन्सले आगामी
मंसिर २० (डिसेम्बर–५) बाट पर्वतीय उडान (माउण्टेन फ्लाईट) पुनः सुरु गर्ने भएको
छ ।


आन्तरिक पर्यटकीय गतिविधि बढाउन केही समय अगााडी विभिन्न गन्तव्यहरुको लागि
न्युनतम मूल्यका आकर्षक भ्रमण प्याकेज ल्याएको यतीले उच्च सतर्कता अपनाएर सुपथ
मुल्यमा उडान शुरु गर्न लागेको जानकारी दिएको हो ।

yati
।।।गाँउदै नेपाली गाथा, हेरौं आफ्नै सगरमाथा’ भन्ने मूल नाराका साथै पर्वतीय
उडान गर्न लागेको यतीले नेपाली यात्रुहरु र नेपालमा बसोबास गर्ने विदेशी तथा भारतीय
नागरिकका लागि छुट्टाछुट्टै उडान प्याकेज घोषणा गरेको एअरलाइन्सका प्रवक्ता सुदर्शन
बर्तौलाले जानकारी दिनुभयो । यती एअरलाइन्सले नेपाली यात्रुका लागि रु आठ हजार ९९९ र
नेपालमा बसोवास गर्ने वा काम गर्ने विदेशी तथा भारतीय यात्रुका लागि रु १३ हजार ४९९ मा
दुईवटा टिकट दिने जनाएको छ । यस अन्तर्गत यात्रुले झ्यालको एउटा टिकट किन्दा
संगै रहेको सिटको अर्को टिकट निःशुल्कको प्राप्त गर्नेछन ।

कम्पनीले आफ्नो २२ औँ वार्षिकोत्सव मनाउने क्रममा यात्रुहरुकालागी
विभिन्न प्याकेज र अफरहरु घोषणा गर्दै आएको एअरलाईन्सले माउण्टेन फ्लाईटको
लागी समेत हालसम्मकै सस्तो र आकर्षक प्याकेज ल्याएको बताएको छ ।
एअरलाइन्सका प्रमुख सुरक्षा अधिकृत समेत रहनुभएका प्रवक्ता बर्तौलाले उच्च सर्तकता
अपनाएर पर्वतीय उडान सुरु गरिएको बताउनुभयो । “हामिले पर्यटन गतिविधि बढाउन करिब
२ महिना अघिदेखीनै कसरत गर्दै यो आकर्षक प्याकेज ल्याएका छौं । यो अवसरलाई
सदुपयोग गरी यात्रुुहरुले सस्तोमा विभिन्न हिम श्रृंखलाहरु गौरीशंकर, मेलुम्चे, चोयु,
नुप्त्से, आमादब्लम को साथै सगरमाथाको नजिकबाट अनुभव लिन सक्नुहुनेछ”,– उहाँले
भन्नुभयो । अब प्रत्येक शनिबार काठमाडौँबाट नियमित पर्वतीय उडानहरु हुनेछन ।
यती एअरलाईन्स संयुक्त राष्ट्रसंघको ।।।दिगो विकास लक्ष्य’ प्रबद्र्धनका लागी
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूनडिपी) को साझेदार संस्था हो । यो
एअरलाईन्स दिगो विकास लक्ष्यको एक हिस्साको रुपमा रहेको ।।।कार्बन न्यूटर्ल’ गर्ने
दक्षिण एशियाकै पहिलो र एकमात्र एअरलाईन्स हो । यती र भगिनी संस्था तारा एअरले
नेपालका सवैभन्दा धेरै गन्तव्यहरुमा उडान सेवालाई दिंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...

सर्वोच्चद्वारा सरकारको एकद्वार विज्ञापन नीति खारेज

    सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वारा प्रणालीको निर्णय सर्वोच्च...

शाही निरंकुशतासँग नझुकेको प्रेस दुई-चारवटा गाडी तेर्स्याएर तर्सिन्छ : रास्वपा सचेतक

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले सत्यसँग डराउनेहरूले प्रेसमाथि आक्रमण...

श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन : निश्कल राई

    नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)...