कसैले अनाथ भएँ भन्नुपर्दैन, रेखदेख राज्य गर्ने छ – प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कसैलाई एक्लो महशुस गर्न नदिने बताएका छन्।

अनाथ वा सहाराविहीन भएँ भन्नु नपर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकार साथमा रहेको बताएका हुन्।

सामाजिक सुरक्षा दिवसका दिन आज भिडिओ सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले अनाथ वा सहाराविहीन हुनु दु:खको कुरा हुने पनि बताए।

‘कसैले अनाथ भएँ भन्नु पर्दैन। अनाथ हुनु दु:खको कुरा हो,’ उनले भने, ‘अनाथ भएँ भनेर, रेखदेख गर्ने कोही छैन भन्नुपर्ने अवस्था छैन। सहारा छैन भन्नुपर्दैन। सरकार छ। राज्य छ।’

प्रधानमन्त्री ओलीले योगदानमा आधारीत सामाजिक सुरक्षा अवधारणा सुरू गरिसकिएको पनि बताए।

समाजका कोही पनि सदस्य सुरक्षा नपाएर त्रसित भएर जीवनयापन गर्न नपरोस् भनेरै यस्ता कार्यक्रम लागू गरिएको प्रधानमन्त्रीको भनाइ छ।

सरकार सुशासन र विकास अभियानमा अगाडि लम्किरहेको प्रधानमन्त्रीको भनाइ छ।

देश र जनताप्रति निष्ठा भएको सरकारले कसैलाई पनि एक्लो नछोड्ने र एक्लो महशुस गर्न नदिने प्रधानमन्त्री ओलीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...