कुलमानको ठाउँमा हितेन्द्रदेव शाक्यलाई नियुत्ति गर्ने तयारी



 

उर्जा जलस्रोत तथा सिञ्चाइ मन्त्री वर्षमान पुनले एनइए इन्जिनियरिङ कम्पनीको प्रबन्ध सञ्चालकको जिम्मेवारीमा रहेका हितेन्द्रदेव शाक्यलाई प्राधिकरणमा काज फिर्ता गराउन निर्देशन दिएसँगै उनले कार्यकारी निर्देशकको जिम्मेवारी पाउने चर्चा चुलिएको छ । गत शुक्रबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले उनलाई काज फिर्ता गर्ने निर्णय गरेको थियो । आजै आफुले काज फिर्ताको पत्र पाएको शाक्यले रातोपाटीलाई बताए । उनले भने, ‘मैले पत्र त पाए, आजै बरबुझारत गरेर प्राधिकरण जान्छु ।’

उनी कार्यकारी निर्देशक बन्नका लागि आफ्नो सबै योग्यता पुरा भएको बताउँदै भन्छन,‘बरिष्ठको आधारमा हुनुपर्ने त म नै हो तर उर्जा मन्त्रालयको सिफारिसमा मन्त्रिषरिदले टुङ्गो लगाउने भएकाले अहिले नै भन्न सक्ने अवस्था छैन ।’यद्यपि, सरकारले आफुलाई कार्यकारी निर्देशकको पनि जिम्मेवारी दिनेमा उनी विश्वस्त देखिन्छन् ।

प्राधिकरणका उपकार्यकारी निर्देशकहरूमध्ये उनी सबैभन्दा वरिष्ठ हुन् । रिक्त दरबन्दीमा सिनियरमध्येबाट नै जिम्मेवारी तोक्ने प्रावधान छ । प्राधिकणबाट उनी बाहिर रहेकाले उनले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पाएनन् । यसकारण प्राधिकरणमै भएका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पाए । अहिले उनले नै प्राधिकरण सम्हालिरहेका छन् । शाक्य फिर्ता भएपछि कोइराला भन्दा बरियतामा माथि रहेका शाक्यले निमित्त कार्यकारी निर्देशक पाउँनेछ र पछि उनलाई नै कार्यकारी निर्देशक दिने गरि तयारी थालिएको मन्त्रालय स्रोतले बताएको छ ।

४ वर्षे कार्यकाल पूरा गरेर गत भदौ २९ गते कुलमान घिसिङ बाहिरिएपछि निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी कोइरालालाई तोकिएको थियो । कुलमानको कार्यकाल दोहोर्याउँने अभिव्यक्ति मन्त्री पुनले दिएपनि अन्तमा मन्त्रिपरिषदमा यो विषयले ठाउँ पाएन । क्याविनेटले प्राधिकरणको कार्यकारी निर्देशकको विषय टुङ्गो लगाउन नसक्दा विभिन्न नामहरु बेला बेलामा चर्चामा आउने गरेको छ ।

यता आम माग भने कुलमानको कार्यकाल दोहोर्याउनुपर्नेमा छ । उनको कार्यकाल थपको माग गर्दै सडकमा स्वतस्र्फुत प्रर्दशन र नाराजुलुस समेत भएको थियो । पछि कुलमानले आफ्नो पक्षमा नारा जुलुस नगरिदिन आग्रह नै गरेका थिए ।

यसअघि कार्यकारी निर्देशकमा विद्युत विकास विभागका महानिर्देशक नविनराज सिंह, नेपाल पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवाली, प्राधिकरणका पूर्वसञ्चालक कृष्णप्रसाद दुलाल, प्राधिकरणका हितेन्द्र देव शाक्यको नाम चर्चामा थियो । यद्यपि कार्यकारी निर्देशक मन्त्रिपरिषदको निर्णयबाट हुने हो । मन्त्रिपरिषदले यी कुनै पनि नाम अनुमोदन गरेको छैन् ।  तर, अब शाक्यको सम्भावना अधिक रहेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्