भारतीय सेनापतिको लागी होटल सोल्टी रिर्जव



हाम्रो इकोनोमि

 

भारतीय स्थलसेनाध्यक्ष मनोज मुकुन्द नरवाने नेपालमा मानार्थ सेनापतिको दर्जा ग्रहण गर्न बुधबार काठमाडौं आउँदै छन् । पर्सि शीतल निवासमा आयोजना गरिने विशेष कार्यक्रममा राष्ट्रपति तथा नेपाली सेनाकी परमाधिपति विद्यादेवी भण्डारीले उक्त दर्जा प्रदान गरेपछि शुक्रबार अपरान्ह स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

तीन दिन,दुई रात काठमाडौंमा बिताउने कार्यक्रम रहेका नरवाने र उनको टोली नक्साल,हात्तिसारस्थित मेरियट होटलमा बस्ने भनिए तापनि केही केहीले कालापानी सम्मिलित नक्सा प्रकरणमा उनको अभिव्यक्तिका कारण गल्लीबाट फुत्त निक्लेर कालोझण्डा देखाउने सम्भावना रहेकोले अन्तिम समयमा ठाउँ परिवर्तन भएको हो । उच्च स्रोतका अनुसार नरवानेको आवासका निम्ति कोरोनाको कारण लामो समयदेखि बन्द रही संक्रमितलाई राख्न आइसोलेसन क्याम्पको रूपमा प्रयोग हुने गरेको कालिमाटीस्थित बर्षको डेढ सय करोडसम्म कारोवार गर्ने सोल्टी होटलमा आवश्यक सबै तयारी गरिएको छ ।

पूर्व राजा ज्ञानेन्द्रको समेत ५० प्रतिशत (इन्टरकन्टिनेन्टल होटल्स ग्रुपबाट पछि १०% किनेर) स्वामित्वको यही होटेलको गोसाइँकुण्ड सुइटमा पोहोर चिनियाँ रास्ट्रपति सि चिनफिङ्गलाई पनि राखिएको थियो । होटेलका महाप्रबन्धक भारतीय नागरिक उत्पल मजुम्दार हुन् । उच्च सुरक्षालाई ध्यानमा राखेर मेरियटको सट्टा सोल्टी होटल छनौटमा परेको बताइएको छ । नरवानेको आउजाउ सबै हेलिकोप्टरमा गराइने भएपछि सोल्टी बाहेक अन्य होटल विकल्पमा नपरेको रक्षा मन्त्रालय स्रोतको दाबी छ ।

कार्यक्रमअनुसार नरवानेले मानार्थ दर्जा ग्रहणपश्चात् राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नेछन् भने त्यहि दिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि बालुवाटारमा भेट हुनेछ । नरवानेको औपचारिक कार्यक्रममा प्रधान सेनापति पूर्णचन्द्र थापासँग जंगी अड्डामा शिष्टाचार भेट गर्ने तालिका समावेश छ । शुक्रबार बिहान भारतीय सेनाध्यक्ष माउण्टेन फ्लाइटमा जानेछन् ।

माउण्टेन फ्लाइटबाट विशेषगरी सगरमाथालगायतका उच्च हिमश्रृंखला देखाइने छ । व्यस्तता र सडकको अवस्थालाई ध्यानमा राखेर उनलाई सोल्टी होटलबाटै हेलिकोप्टरमा सेनाको शिवपुरीस्थित स्टाफ कलेज लैजाने अर्को तयारी छ । नरवानेको कार्यक्रममा होटलबाटै हेलिकोप्टर प्रयोग गर्नुपर्ने भएकाले हेलिप्याड भएको होटल खोज्ने क्रममा सोल्टी होटल रोजाईमा परेको र सडक सुरक्षाको बिशेष जिम्मेवारी नेपाल र सशस्त्र प्रहरीलाई दिइएको गृह स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...