ओलीको विकल्प छैन : कमल थापा



हाम्रो इकोनोमि

 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले केपी ओलीको ठाउँमा पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल वा शेरबहादुर देउवा आए पनि देशले संकटबाट निकास नपाउने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा मंगलवार एक सन्देश लेख्दै अध्यक्ष थापाले नेकपा भित्रको विवादप्रति लक्षित गर्दै ओलीको विकल्पमा अरुलाई ल्याउँदैमा निकास नआउने दावी गरेका हुन् । उनले नेकपाको ठाउँमा नेपाली कांग्रेस वा अन्य कुनै दललाई स्थापित गरेर देशले संकटबाट समाधान नगर्ने बताए ।

‘समस्याको चक्रब्यूहबाट देशलाई मुक्त तुल्याउन मार्गचित्र र अवधारणामा सुधार नगरेसम्म कस्मेटिक परिवर्तनको कुनै अर्थ रहँदैन । केपी ओलीको ठाउँमा प्रचण्ड, माधव नेपाल वा शेरबहादुर देउवा ल्याएर अथवा नेकपाको ठाउँमा नेपाली कांग्रेस वा अन्य कुनै दललाई स्थापित गरेर देशले संकटबाट निकास पाउँदैन,’ थापाले लेखेका छन् ।

भ्रष्टाचारदेखि राज्यसत्ता कब्जा गर्ने कार्यमा सत्तारुढ र प्रमुख प्रतिपक्ष दल दुवैले साझेदारी र भागवण्डा कायम गरेको भन्दै थापाले आलोचना गरेका छन् ।

‘समस्याको चक्रव्युहबाट देशलाई मुक्त तुल्याउन मार्गचित्र र अवधारणामा सुधार नगरेसम्म ‘कस्मेटिक’परिवर्तनको कुनै अर्थ रहँदैन । नेपाली जनताले मुलुकको राजनीतिक मार्गचित्र र गन्तव्यका वारे पुनर्विचार गर्नु जरुरी भएको छ । धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताको विकल्प खोज्ने वा उल्लेखित मान्यता बारे जनताको प्रत्यक्ष अभिमत बुझ्न जनमतसंग्रह गर्ने बारे अब राष्ट्रिय बहस प्रारम्भ गरिनुपर्छ,’ अध्यक्ष थापाको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...