प्रचण्डले ओलीसँग निर्णायक वार्ता गर्ने, नमिले पार्टी फोड्ने धम्की



हाम्रो इकोनोमि

 

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज साँझसम्म वार्ता हुनेगरि तयारी भैरहेको छ । पछिल्लो समय नेकपाभित्र आन्तरिक विवाद चर्कँदा पार्टी एकता नै गम्भीर संकटमा पर्ने हो कि भन्ने आशंका उब्जिरहेको बेला दुई अध्यक्षबीच वार्ता गराएर पार्टी एकता जोगाउन दोस्रो तहका नेताहरु सक्रिय भएका छन् ।

अध्यक्षद्धय ओली र दाहालबीच सम्वादहिनता तोड्न नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ सक्रिय भएका छन् । उनले  भने,‘दुई अध्यक्षजीबीच आजै वार्ता हुन्छ । त्यसको लागि म विहानैदेखि सक्रिय भएको छु । आज विहान मैले प्रधानमन्त्रीजीसँग कुरा गरेको छु, अब अर्का अध्यक्ष प्रचण्डजीसँग पनि कुरा गरेर आजै उहाँहरुबीच वार्तामा बस्नेगरि गृहकार्य भैरहेको छ ।’ उनले अध्यक्षद्धयबीच आज जुनसुकै समयमा पनि वार्ता हुने विश्वास दिलाए ।

यसअघि दाहालनिकट स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले पनि दुई अध्यक्षबीच आजै वार्ता हुने संकेत गरिसकेका छन् । उनले हिजोपनि दुई अध्यक्षबीच टेलिफोनमा सम्वाद भएको सुनाएका छन् । प्रधानमन्त्री तथा अध्यक्ष ओलीले पार्टीको निर्णय नमानेको र एकलौटी गरेको भन्दै अध्यक्ष दाहालसहित वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ असन्तुष्ट छन् । उनीहरुले तत्काल सचिवालय बैठक बोलाउन माग गरेका छन् । तर, ओलीले आफू कुनैपनि बैठक राख्ने पक्षमा नभएको भन्दै जबरजस्ती बैठक राखे र आफूविरुद्ध निर्णय गरेर ठूलो कदम चाल्ने दाहाललाई चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...