खुलामञ्चको निःशुल्क खाना फेरी निरन्तर



हाम्रो इकोनोमि

 

 

काठमाडौं महानगरपालिकाको चेतावनीका बाबजुद हाम्रो टिम नेपाल नामको संस्थाले मंगलबार बिहान पनि खुलामञ्चमा निःशुल्क खाना खुवाएको छ ।

कोरोना संक्रमणबाट जोगिन भन्दै सरकारले ७ महिना लामो लकडाउन गर्दा रोजगारी गुमाएका र गरिब तथा असहायलाई हाम्रो टिम नेपालले बिहानमा र हन्ड्रेड ग्रुप नामको संस्थाले साँझको खाना निःशुल्क खुवाउँदै आएका छन् ।

फेरी निरन्तर खुलामञ्चमा खाना खुवाउँदा अशोभनीय देखिएको भन्दै महानगरपालिकाले निःशुल्क खाना खुवाउने काम बन्द गर्न चेतावनी दिएको छ ।

तर रोजगारी गुमाएर हातमुख जोर्न समस्या भएकाहरुलाई सरकारले विकल्प नदिएसम्म आफूहरुको काम जारी रहने हाम्रो टिम नेपालका संयोजक विमल पन्तले बताए ।

‘आज बिहान हामीलाई रोक्न भनेर नगर प्रहरीहरु आउनु भएको थियो, तर हामीले विकल्प नदिइकन भोका पेटमा लात्तो हान्ने काम नगर्नुस्, कि काम दिनुस् कि माम दिनुस् भनेपछि हुन्छ भनेर उहाँहरु जानुभयो ।’

आज बिहान करिब ३ सय जनालाई निःशुल्क खाना खुवाएको पन्तले बताए ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...