रौतहटका सिडियो यादवले भने विद्युत चुहावट तत्काल रोक्नुस



हाम्रो इकोनोमि

 

रौतहटमा छिनछिनमा बत्ती आउने जाने अत्यधिक गुनासो भएपछी रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले पहल गरेर समस्याको समाधान निकालेका छन् ।

आइतबार सिडियो यादवको अध्यक्षतामा बसेको विद्युत आपूर्ति सम्बन्धि समन्वय बैठकले समस्या समाधान गर्न विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ । विद्युत चुहावट, तारमा परालको समस्या, हुकिङले तार शट हुने, ट्रान्सर्फमरमा अनावश्यक भार हुने, पुरानो तार भएको तथा मर्मतका लागि लाइन काट्नुपर्ने भएकोले छिनछिनमा बत्ति आउने जाने समस्या आएको बैठकको ठहर छ । हुकिङ र चुहावट रोक्न विद्युत प्राधिकरणको गौर, चन्द्रपुर र मौलापुर वितरण केन्द्रलाई जिम्मेवारी दिइएको छ ।

विद्युत तारमा पराल पर्न नदिने हिसाबले धान दाई गर्न प्रचार गर्न, मर्मत सम्भारलगायतका काम गर्दा पूर्व सुचना दिन र विद्युत अवरुद्ध हुन नदिनजस्ता निर्देशन दिइएको छ । त्यस्तै विद्युत चुहावट रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल परिचालन गर्ने एवम् बिहान बेलुका सडक बत्ती बाल्ने र निभाउने काम सम्बन्धित स्थानीय तहले गर्नुपर्ने बैठकले निर्णय गरेको हो ।

रौतहटमा लाइन कट्ने समस्या छिटै पूर्ण रुपमा समाधान हुने प्रमुख जिल्ला अधिकारी यादवले बताए । उनले सरोकारवाला निकाय, जनप्रतिनिधि एवम् नागरिकले आ(आफ्नो ठाउँमा समन्वयकारी भुमिकामा रहनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
एउटा धक्काको बहानामा अध्यक्ष हटाउनुपर्छ भन्ने ? : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले उपमहासचिव योगेश भट्टराईलाई लक्षित गर्दै चर्को...

एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्नलाई ३ मिनेट

    नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरमा सुरु भएको छ ।  बैठकमा...

त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा आगलागी

    ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा उक्त बसका चालक घाइते भएका छन्...

पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट पास

    नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई...