दशैंमा काठमाडौं छोडेर गाउँ नजानुस : प्रवक्ता



हाम्रो इकोनोमि

 

सरकारले दशैंमा काठमाडौंबाट गाउँ नजान आग्रह गरेको छ । सरकारले दशैंमा काठमाडौंबाट गाउँ जाने र गाउँबाट फेरि काठमाडौं आउने काम नगर्न आग्रह गरेको छ।

मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले गाउँ जाँदा र फर्किँदा संक्रमण पनि सँगै जाने भएकाले यसपालि काठमाडौंबाट गाउँ नजान आग्रह गरे ।

उनले ६० वर्ष बढी उमेरका मानिसहरूलाई कोरोनाको संक्रमण दर र संक्रमणपछि मृत्युदर तुलनात्मक रूपमा बढी भएकाले आफ्ना अभिभावकलाई जोखिममा पार्न नहुने बताए। उनले यसपालिको दशैंमा अभिभावकसँग टाढैबाट आशिर्वाद लिन पनि अनुरोध गरे। ४० लाख जनसंख्या भएको काठमाडौँमा संक्रमण बढ्यो भने संकटको अवस्था आउने भन्दै स्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गरे । उनले दसैँ नजिकै आएकोले काठमाडौँबाट गाउँ जाँदा–आउँदा कोरोना संक्रमणपनि संगै जाने भएकोले जहाँ बसेको छ त्यही दसैँ मनाउन आग्रह गरे । आशिर्वाद जोगा‌औं भन्ने नारा लाई ख्याल गर्न पनि उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...