रहिनन् सबैको मनमा राज गरेकी चर्चित अभिनेत्री, आफ्नै घरभित्र भेटियो लाश



हाम्रो इकोनोमि

 

विश्वभर चर्चा कमाएकी जापानी अभिनेत्रीको लाश फेला परेको छ । जापानकी चर्चित अभिनेत्री युको टेकची टोकियोस्थित आफ्नै घरमा मृत भेटिएकी हुन् । विभिन्न अवार्ड विजेता ४० वर्षीया उनी दुई सन्तानकी आमा हुन् । प्रहरीले उनको मृत्युको विषयमा छानविन शुरु गरेको छ ।

विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका समाचार अनुसार युकोका अभिनेता पति ताइकी नाकाबेयासीले उनलाई सिबुया वार्डको घरमा भेटेका थिए । उनलाई अस्पताल लगेपछि मृत घोषणा गरिएको थियो । टुको जापानकी प्रख्यात अभिनेत्री हुन् । उनले धेरै फिल्म र टेलिभिजन सिरिजमा अभिनय गरेकी थिइन् ।

सन् २०१८ को एचबीओ सिरिज ‘मिस सेर्लोक’मा सेर्लोक होल्म्सको भूमिकामा निभाएकी थिइन् । यो सिरिज अमेरिकासहित विभिन्न देशमा प्रसारण भएको थियो । उनले सन् २००४ देखि २००७ सम्म लगातार जापान एकेडेमी अवार्डमा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी थिइन् ।

उनले जीवन त्याग गरेकी हुन् या होइनन् भन्ने कुरा निश्चित भइसकेको छैन । तर उनले जीवन त्याग नै गरेको बताइएको छ तर कारण खुल्न सकेको छैन । पछिल्लो समयमा जापानमा प्रतिभावान कलाकारको निधन हुने क्रम बढ्दो छ । गत महिना मात्र अभिनेत्री सिइ आशिना मृत भेटिएकी थिइन् ।

त्यस्तै गत जुलाईमा हारुमा मिउरा र मेमा रेस्लिङ स्टार हाना किमुराको निधन भएको थियो । कोरोना महामारीसँगै सुरु भएको लकडाउनपछि जापानसँग विश्वका अन्य देशहरुमा पनि जीवन त्यागको दर उच्च रहेको छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...