एसिड छ्यापे २० वर्ष कैद र १० लाख जरिवाना !



हाम्रो इकोनोमि

 

सरकारले तेजाब (एसिड) सम्बन्धी कसुर नियन्त्रण गर्न अध्यादेशमार्फत नयाँ कानुन ल्याउनेतयारी गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले तेजावसम्बन्धी अध्यादेश पारित गर्दै राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरिसकेको छ । मन्त्रिपरिषदबाट पारित फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेशमा पहिलेभन्दा कडा प्रावधान समेटिएको छ ।

फौजदारी अपराध संहिताको दफा १९२ र १९३ संशोधन गरी तेजाब फ्याँके, छर्किए, खन्याए वा प्रयोग गरी वा सेवन गराएर अङ्गभङ्ग र शारीरिक क्षति पुर्‍याउने व्यक्तिलाई २० वर्षसम्म कैद र दश लाख रुपैयाँसम्म जरिबाना निर्धारण गरिएको छ । यो सजाय एकदिन पनि माफी–मिनाहा नहुने र पूरै अवधि जेल बस्नुपर्ने प्रावधान राखिएको छ ।

तेजाव आक्रमणका दोषीलाई कारबाही, पीडितको सम्पूर्ण उपचार, शिक्षा र जीविकाको प्रबन्ध गर्ने गरी कानुनी व्यवस्था गर्ने प्रावधान समेटेर फौजदारी अपराध संहिताका दफा संशोधन गरिएका हुन् ।

कानुन मन्त्रालयले सम्बन्धित सरोकारवालाहरूसँगको परामर्शपछि कानुनको मस्यौदा तयार पारेर मन्त्रिपरिषद्मार्फत पारित गरेको हो ।

संशोधित संहितामा तेजाव प्रयोग गरेर एउटा आँखा, एउटा कान, जले, क्षति पुगे, अनुहार कुरुप भए, एउटा स्तन जले दुवै हात जली काम नलाग्ने भएमा, गोडा पूर्णरूपमा जलेर काम नलाग्ने भएमा, टाउकाको कुनै भाग, मेरुदण्ड जलेमा सात देखि दसवर्ष कैद सात लाखदेखि दसलाखसम्म जरिवाना निर्धारण गरिएको छ ।

त्यसैगरी तेजाब छ्यापेर शरीरको कुनै अङ्गमा क्षति भए कसुरको प्रकृतिअनुसार पाँचदेखि दस वर्षसम्म कैद र एक लाखदेखि पाँच लाख जरिवाना निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...