बिपन्न परिबारलाइ कोरोना बिमाको लागि १५ हजार सहयोग



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राप्ती वडा न ०१ का अध्यक्ष बिमलकान्त डल्लाकोटीले आज आफ्नो जन्मदिन पारेर अति गरिब बिपन्न परिबारलाइ कोरोना बिमाको लागि रु १५००० हजार हस्तान्तरण गर्नुभएको छ । आज एक सामान्य कार्यक्रमका बिच रकम राप्ती नगरपालिका वडा न १,२,३ का वडा अध्यक्षहरु क्रमशः सिद्दीलाल स्याङ्ताङ , श्यामसुन्दर उप्रेती , राजकुमार उप्रेती लाई हस्तान्तरण गर्नुभएको हो ।
आफ्नो जन्मदिनमा कुनै खर्च नगरी डल्लाकोटीले बर्सेनि सहयोग गर्दै आउनुभएको छ । आफू सदैब गरिब बिपन्नको पक्षमा रहेको र हस्तान्तरण रकम सम्बन्धित परिबार समक्ष पुग्ने बिश्वास रहेको अध्यक्ष डल्लाकोटीले बताउनुभयो । कार्यक्रममा नेकपा राप्तीका इन्चार्ज मानबहादुर स्याङ्बो , लोथर मध्यबर्ती बफरजोन कोषअध्यक्ष चिरन पाठक , समाजसेबि धिरेन्द्र पाण्डे , देबि उप्रेती , मदन पाठक , लोथर मध्यबर्ती बफरजोनका सचिब हरि घिमिरे लगायतको उपस्थित रहेको थियो ।।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...