राजेश हमाल र श्रृखंला खतिवडा Virtual Edu Fair 2020 मा



हाम्रो इकोनोमि

 

नेपालकै पहिलो र ठूलो ख्ष्चतगब Virtual Edu Fair 2020 मा विद्यार्थी अभिभावक तथा सरोकारवालाहरुले भ्रमण गर्ने जानकारी लिने, क्रम तिव्ररुपमा अगाडी बढेको छ । विद्यार्थीहरु २ करोडको छात्रवृत्तीको लागि ठूलो संस्थामा सहभागी भएका छन् । यस मेलाको सबैभन्दा आर्काषक कुरा समाजका ख्याती प्राप्त व्यक्तित्वहरु, सेलिव्रेटीहरुले Live Webinar मार्फत विद्यार्थी तथा सरोकारवालाहरुलाई दिनुभएको Career counseling, motivation तथा अनुभवको अदानप्रदान अत्यन्तै प्रभावकारी देखिएको छ । यहि भाद्र १० गते बेलुका ५ः०० बजे देखि ७ः०० बजे सम्म Virtual Edufair Nepal बाट तथा विभिन्न Facebook page बाट महानायक राजेश हमाल, हिसान केन्द्रिय अध्यक्ष रमेश कुमार सिलवाल तथा चर्चित मिस नेपाल २०१८ को विजेता श्रृखंला खतिवडालाई सुन्न र देख्न सक्नु हुनेछ ।

यो Live webinar SEE विद्यार्थीहरुको लागि अत्यन्तै महत्वपूर्ण हुने भएकोले सम्बन्धित विद्यार्थी तथा सरोकारवालाहरुले ] https://us02web.zoom.us/meeting/register/tZAod-2qqz0jGNbKKGq2O-kGQpjyHzIjNf_h   यसमा भाद्र १० गते दिउसो १२ः०० बजे सम्ममा Register  Live webinar मा सहभागी भई फाइदा उठाउन सक्नुहुनेछ ।

College Readers  द्धारा आयोजित हिसानको सक्रियतामा भईरहेको Virtual Edufair 2020 मा देशैभरि बाट २०० भन्दा बढी प्लस टु स्कुल तथा कलेजहरु सहभागी भएका छन् भने लाखौं विद्यार्थीहरुले घरमै बसीबसी कलेजहरु छान्ने यो ठूलो सुनौलो अवसर भएकोछ । अहिले सम्म २ करोडको Scholarship मा करिब ३० हजार विद्यार्थीहरुले Apply गरिसकेका छन् भने करिब २५०० विद्यार्थीहरुले online exam मा सहभागी भएका छन् । यसVirtual Edufair 2020 भाद्र १० गते सम्म सहभागी भएका विद्यर्थीहरुको परिक्षाफल भाद्र १५ गते सम्म प्रकाशित गरिनेछ भने भाद्र १० पछि online exam दिने विद्यार्थीको परिक्षाफल भाद्र २५ गते सम्ममा हुनेछ भन्ने कुरा यस Virtual Edufair 2020 को संयोजक रामहरि सिलवालले जानकारी दिनु भयो ।

COVID-19 Pandemic  अझै भईरहेको हुदा भाद्र १० गते समापन हुने यस Virtual Edufair 2020 भाद्र २५ गतेसम्म बढाएकोछ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...