सांसद प्रभु साहको पाँच बुँदे माग



 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहले रौतहटको माधवनारायण नगरपालिकाको खेसरहियामा हनुमान मन्दिरको पुजारी श्रीराम साहको हत्याकाण्डको सम्बन्धमा पाँच बुँदे माग गरेका छन् ।

भदौ ३ गते बेलुका खाना खाइरहेको बेला कन्चटमा गोली हानेर पुजारी साहको हत्या भएको थियो । यस अघि नै घटनाप्रति गृह प्रशासनको ध्यानाकर्षण गराएका सांसद साहले सोमबार थप पाँच बुँदे स्पष्ट माग राखेका हुन् ।

सांसद साहले पुजारी श्रीराम साहको हत्यारालाई तुरुन्त पक्राउ गर्नुपर्ने, मृतक साधु श्रीरामलाई शहिद घोषणा गर्नुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति व्यवस्था गर्नुपर्ने, श्रीराम साहको सालिकसहित भव्य हनुमान मन्दिरको निर्माण शुरु गर्नुपर्ने र शान्ति सुरक्षाको लागि उक्त बजार (खेसरहिया) मा प्रहरी चौकी स्थापना गर्नुपर्ने माग राखेका हुन् ।

प्रहरीद्वारा थालिएको घटनाको प्रारम्भिक अनुसन्धानमा तालिमप्राप्त कुकुरको मद्दतले सुरु गरिएको अनुसन्धानबाट हिन्दु–मुस्लिम बीच साम्प्रदायिक द्वन्द्व सृजना गर्ने उद्देश्यले राजनीतिक समुहबाट यस्तो भएको हुनसक्ने आशंका गरिएको छ । प्रहरी निकट स्रोतका अनुसार अनुसन्धानमा खटाइएको कुकुरले घटनास्थलबाट सिधै एक स्थानीय नेताको घरमा पुगेकोले राजनीतिक समुहको संलग्नताबारे प्रहरीले छानबिन तीव्र पारेको छ ।

घटनाको चौतर्फी आलोचना भएको भएपनि प्रशासनले ठोस तथ्य पत्ता नलाग्नुमा ठूलो शक्तिको चलखेल रहेको स्थानीयको आरोप छ ।

प्रतिक्रिया दिनुहोस
प्रहरी महानिरीक्षकमा दिपक थापा

    सरकारले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेको

माओवादी तत्काल सरकारमा नजाने

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारमा रहेका पार्टीका प्रमुखसहित

लागू औषध नियन्त्रणका लागि सांसद तामाङको सरकारलाई कडा नीति अपनाउने आग्रह

    प्रतिनिधिसभा सदस्य तारा लामा तामाङले नेपालमा लागू औषध दुर्व्यसन बढ्दै गएको

यौन व्यवसायलाई कानुनी मान्यता दिनुपर्ने घिमिरेको अभिव्यक्तिप्रति आपत्ति

    नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले नेपाली कांग्रेसका प्रमुख सचेतक