देउवाले मध्यराती दस विभागमा एकलौटी मनोनयन गरे



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विवादका बीच पार्टीका केन्द्रीय विभागका उपप्रमुख, सचिव र सदस्यहरु मनोनयन गर्नुभएको छ । आइतबार राति ११ बजे देउवाले १० वटा विभागमा ३ सय ९४ जना सदस्यहरु मनोनयन गर्नुभएको हो ।

सभापति देउवाले यसअघि गठन भइसकेको तरुण र खेलकुद विभागमा समेत केही सदस्यहरु थप गर्नुभएको छ । महाधिवेशनको मिति घोषणा भइसकेको अवस्थामा विभाग गठनको औचित्व नभएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले गठनको विरोध गरिरहेका बेला देउवाले एकलौटी रुपमा मध्यराती विभाग गठन र सदस्यहरु मनोनयनको क्रम अघि बढाउनु भएको हो । सभापति देउवाले गरेको विभाग गठन विधानको समेत विरुद्धमा रहेको छ । पार्टीको विधानमा केन्द्रीय विभागको गठन महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र गठन गरिसक्नु पर्ने व्यवस्था छ ।

सभापति देउवाले चार वर्षको कार्यकालमा गठन नगरेको विभागलाई महाधिवेशनको कार्यतालिका घोषणा भएपछि गठन गर्न थाल्नुभएको हो । देउवाले एकलौटी रुपमा २० वटा विभाग गठन गरेकोमा अहिलेसम्म १३ वटा विभागमा सदस्यहरु मनोनयनसमेत गरिसक्नुभएको छ । एउटा विभागमा ५० जनासम्म सदस्य राख्न सकिने व्यवस्था विधानमा छ । देउवाले एक विभागमा बढीमा ४१ सदस्य मनोनयन गर्नुभएको छ । संस्थापन इतरपक्षका लागि भन्दै अरु सदस्यहरु खाली राखिएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयको तथ्यांकअनुसार अहिलेसम्म विभाग प्रमुखबाहेक ५ सय १ जना सदस्यहरु सभापति देउवाले मनोनयन गरिसक्नुभएको छ । सभापति देउवा अव ७ वटा विभागलाई पूर्णता दिने तयारीमा जुटनुभएको छ । यता देयवाको कदमको संस्थापन इतरपक्ष कडा विरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...