भदौ १ देखी बिद्यालय खुल्छन्- शिक्षा मन्त्रालय



हाम्रो इकोनोमि

 

कोरोना जोखीम बढे पनि शिक्षा मन्त्रालयले आफ्नो कार्यक्रमलाइ निरन्तरता दिने भएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि विद्यार्थी भर्ना कार्यक्रम नरोकिने भएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि भदौ १ गतेदेखि हुने भनिएको भर्ना अभियानमा नरोकिने शिक्षा मन्त्रालयले स्पष्ट पारेको हो । सङ्क्रमण बढ्दै गए पनि सुरक्षा सावधानी अपनाए जोखिम नहुने भएकाले भर्ना अभियान प्रभावित नहुने मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए ।

उनले भर्ना कार्यक्रममा सहभागी हुने अभिभावक, शिक्षक र सम्बन्धित व्यक्तिलाई सावधानी अपनाउन आग्रह गरे । उनले भर्ना सुरु गर्नुको अर्थ पठनपाठन नै सुरु भएको भनेर नबुझ्न पनि आग्रह गरे ।

भर्ना गर्न जाँदा बाटोदेखि शैक्षिक संस्थासम्म व्यक्तिगत दूरी कायम गर्ने, सकेसम्म सार्वजनिक गाडीमा यात्रा नगर्ने र गर्नै परे पनि पटक/पटक साबुनपानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, मास्क लगाउने गर्नुपर्छ । भर्ना गर्ने ठाउँमा पनि भिडभाड गर्नु हुँदैन । यसका लागि विद्यालयले पनि दूरी कायम गर्ने व्यवस्था मिलाउन प्रवक्ता शर्माले आग्रह गरे ।

उनले पठनपाठन कहिलेदेखि सञ्चालन गर्ने भन्ने बारेमा चाँडै नै विद्यालय सञ्चालन सम्बन्धी कार्य ढाँचा जारी गर्ने र त्यसपछि मात्रै थाहा हुने बताए । कार्य ढाँचामा सुरक्षा सावधानी लगायत मापदण्डका कुराहरु पनि समावेश हुने उनको भनाइ छ ।

कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि भएको लकडाउनका कारण यो वर्षको नयाँ शैक्षिक सत्र अनलाइन विधिबाट चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...